चीन विरोधी क्याम्पको नयाँ रिहर्सल, भारत–जापानले ‘ओबिओआर’ को विकल्प दिने यस्तो छ योजना

जापानी प्रधानमन्त्रीको भारत भ्रमणले चीनलाई पनि आयो ज्वरो
निर्माण सञ्चार, काठमाडौं । यतिबेला जापानका प्रधानमन्त्री शिन्जो अबे भारत भ्रमणमा छन् । जापानको भारत भ्रमणले प्रत्यक्ष रुपमा चीनलाई पनि ज्वरो आएको छ ।

यो भ्रमणले कूटनीतिक वृत्तमा फरक सन्देश छाडेको चर्चा चलिरहेको छ । जापानी प्रमको यो भ्रमणलाई चीनले पनि चासोपूर्वक हेरिरहेको छ । उसनिकट सञ्चार एजेन्सी मार्फत् चिनिया धारणा पनि बाहिर आइरहेका छन् ।

चर्चा यसर्थमा पनि चुलिएको छ कि, भारत र जापान दुवै देश चीन विरोधी धुरी भित्र पर्दछन् ।

अमेरिका–जापान–भारत क्याम्पको चीन विरोधी नयाँ रिहर्सलका रुपमा समेत यो भ्रमणलाई चिनिया पक्षले नजर लगाइरहेको छ ।

मोदीको स्वागत र आबेको स्वीकार

आफ्नो देशमा आएका पाहुना अबेलाई भारतका प्रम नरेन्द्र मोदीले आफ्नो गृहराज्य गुजरातमा उनको भव्य स्वागत गरेका छन् ।

दुबै नेताले खुला जीपमा बसेर आठ किलोमिटर लामो रोड शो गरे ।

सुडो वार– विटविन ओबिओर र एसिया अफ्रिका ग्रोथ कोरिडरको

यसै बिच जापानी समकक्षीलाई भारतीय मोदीलाई लिएर मिडियामा मोदीको महत्वाकांक्षी बुलेट ट्रेन परियोजना र एक अर्को योजना ‘एसिया अफ्रिका ग्रोथ कोरिडर’ को चर्चा पनि चुलिएको छ ।

चीनको चासो व्यक्त गर्दै चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सले लेखेको छ कि भारतीय प्रधानमन्त्रीले जापानसामू एसिया अफ्रिका ग्रोथ करिडोरको प्रस्ताव राखेका छन् ।

दुबै देशले ‘वान बेल्ट वान रोड’ को विकल्प खोजिरहेको समाचारमा उल्लेख छ । यो एक प्रकारले चीनको काउन्टरमा आएको प्रस्तावका रुपमा चिनिया बुझाइ छ ।

ओबरमा जापान र भारत दुवै पक्ष सहमत छैनन् । एउटा छद्म युद्धको रुपमा ‘साइकोलोजिकल’ फ्रेम भित्र नयाँ रुपले विकसित हुँदै गएको चिनिया ओबर विकल्प हो ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार मोदी र अबेले अरु पनि घोषणा गर्ने योजना तय भइरहेको छ ।

मिसन– दक्षिण अफ्रिका, टप–डाउन र बटम–अप रोड परियोजनाको

प्रतिस्पर्धा अन्तर्राष्ट्रिय मामिलाका जानकार प्रोफेसर हर्ष पन्तका अनुसार ‘भारत र जापानबीच ४० अर्ब अमेरिकी डलरको यो परियोजना बनाउने योजना प्रस्तावित छ ।

यसको लक्ष्य दक्षिण अफ्रिकाको विकासमा साझेदारी गर्नु हो, जसमा जापानले ३० अर्ब र भारतले १० अर्ब डलर लगानी गर्नेछ ।’

यो रकमलाई अफ्रिकामा स्थानीय सामुदायिक प्रोजेक्ट अन्तरगत पूर्वाधार विकासमा लगाइने छ । चीनले पछिल्लो समय अफ्रिकामा आफ्नो लगानी र प्रभाव बढाइरहेको छ ।

अब भारत र जापान दुबै आफूलाई विकास शक्तिका रुपमा देखाउन चाहन्छन् ।

ओबर चीनको ग्लोबल प्रोजेक्ट हो तर, भारत र जापान विकासको एक अलग वैकल्पिक मोडल अघि सार्ने प्रयासमा रहेको प्रोफेसर हर्ष पन्तको भनाइ छ ।

उनका अनुसार ओबर प्रोजेक्टर टप डाउन मोडल हो, जसमा चीनले निर्णय लिएको छ कि युरोपदेखि मध्यपूर्व र अफ्रिकासम्म लगानी गर्ने र आधारभूत पूर्वाधार विकास गर्ने ।

तर, भारत र जापानको मोडल बटम अप हुनेछ, जसमा अफ्रिकी देशलाई सोधिनेछ कि उनीहरुलाई के आवश्यक छ । ‘यो योजनामा आफ्नो फाइदा मात्र हेरिने छैन ।

अफ्रिकी देशको क्षमता पनि बढाइनेछ’ प्रोफेसर हर्ष पन्त भन्छन् । यो परियोजना लगभग पक्का जस्तै बनेको छ ।

प्राफेसर पन्त भन्छन्, ‘जापान र भारत मिलेर महत्वपूर्ण साझेदारी गर्न सक्ने सम्भावना छ । जापान प्राविधि क्षेत्रमा निकै अगाडि छ र उससँगै संशाधन पनि छ । भारतसँग नेतृत्व छ, जुन जापानसँग छैन ।’ यी दुवैको फ्युजन सम्भावना निकट रहेको उनको बुझाइ छ ।

 

 

...

बिबिसीको सहयोगमा

...

बिहीबार, २९ भदौ, २०७४

 

प्रतिक्रिया

Related