जापानी प्रधानमन्त्रीद्वारा भारतको पहिलो बुलेट ट्रेनको शिलान्यास

अहमदाबाद शहर र मुम्बई शहरको बीचमा चल्ने
निर्माण सञ्चार, काठमाडौं | बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा जापानका प्रधानमन्त्री सिञ्जो आवेले भारतको पहिलो तीव्र गतिको रेल सेवाको शिलान्यास गरेका छन् ।

सो योजनाका लागि सबैभन्दा धेरै लगानी जापानले गरेको छ । जसमा उसले १७ अर्व डलर लगानी गरेको छ ।

उक्त बुलेट ट्रेन अहमदाबाद शहर र मुम्बई शहरको बीचमा चल्नेछ ।

यस बुलेट ट्रेनमा ५०० किलोमिटरको यात्रा हालको समय भन्दा ३ घण्टा कम हुने अनुमान गरिएको छ । सोही दूरी पार गर्न अहिलेको रेलले ८ घण्टा समय लगाउँछन् ।

हाल जापानी प्रधानमन्त्री आवे दुई दिने भारत भ्रमणमा छन् ।

भारत सरकारले ७५० सीट भएको बुलेट ट्रेन सन् २०२२ अगष्टसम्म सम्पन्न भएर सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

उच्च गतिको यस रेल दुई ठूला शहरहरु जोड्ने सरकारी महत्वाकांक्षी योजनाको एक हिस्सा हो ।

आलोचकहरुले भने हाल चलिरहेको रेल नेटवर्ककै सुरक्षामा सुधार गर्ने हो भने यात्रीहरुलाई राम्रो सेवा प्रादान गर्न सकिने बताउँछन् ।

त्यस्तै सो परियोजनाका समर्थकहरुले भने तीव्र गतिको रेलले राम्रो कम्प्युटर सुविधा, ठूला शहरबीचको भौगोलिक पहुँचता र अधिक व्यवसायिकताको निर्माण गर्नका लागि नेतृत्व गर्ने तर्क दिएका छन् ।

त्यस्तै मोदीले रेल नेटवर्कमा व्यापक सुधार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

उक्त बुलेट ट्रेन सन् २०१४ को चुनावमा उनको प्रमुख प्रतिबद्धतामध्ये एक रहेको थियो ।

...

विहीबार, २९ भदौ, ०७४ 

प्रतिक्रिया

Related