स्वास्थ्यकर्मी–कर्मचारी युनियनको तेस्रो अधिवेशन— अध्यक्षमा पुनः चन्द्र थापा

निर्माण सञ्चार, पोखरा । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चन्द्र थापालाई चार वर्षका लागि पुनः अध्यक्षको जिम्मेवारी दिएको छ ।

‘स्वास्थ्य क्षेत्रको सरोकार, सामाजिक सुरक्षा र मर्यादित रोजगार’ ब्यानरमुनि बिहीबार पोखरामा सम्पन्न तेस्रो राष्ट्रिय अधिवेशनले २३ सदस्यीय नेतृत्व चयन गरेको छ ।

जसमा उपाध्यक्षमा टि एन रावत, महासचिवमा कमला लुइँटेल तथा सचिवमा उमेश गिरी निर्वाचित भएका हुन् ।

स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको संगठनका रुपमा देशव्यापी रहेको यसमा प्रदेश स्तरीय प्रतिनिधित्व हुने गरेको आयोजकले बतायो ।

अधिवेशनमा ५ नम्बर प्रदेश बाहेक सबै प्रदेशमा सहमतिमै नेतृत्व चयन भएको थियो ।

अधिवेशनको उद्घाटन एमाले नेता तथा नेपाल ट्रेड युनियन महासंघ जिफन्टका अध्यक्ष विष्णु रिमालले गरेका थिए ।

उद्घाटन सत्रको विशिष्ट अतिथिका रुपमा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीको उपस्थिति रहेको नवनिर्वाचित अध्यक्ष थापाले निर्माण सञ्चारलाई जानकारी गराए ।

कार्यक्रमको उद्घाटन गर्दै नेता रिमालले युनियन गठन राष्ट्रकै समृद्धिका लागि हो भन्ने कुरा आजको नेतृत्वले नबुझेको आरोप लगाए ।

काम गर्ने कर्मचारी र लगानीकर्ता सबैले कर्मचारीलाई संगठित गरी संस्था र देश निर्माणमा युनियनको भूमिका हुने जिकिर गरेका थिए ।

उनले युनियन गठन गरेका भरमा मजदुरलाई कुनै पनि फार्म वा संस्थाले निष्कासन गर्ने गरेमा आफूहरु आन्दोलित हुन बाध्य हुनु पर्ने बताए ।

कार्यक्रमको अघिल्लो सत्रमा पूर्व स्वास्थ्य मन्त्री अधिकारीले नेपालको स्वास्थ्य क्षेत्रमा काम भन्दा बढी बजारी हल्लाले बिग्रदै गएकोमा चिन्ता व्यक्त गरे ।

अधिकारीले आफ्नो कार्यकालमा नेपालको स्वास्थ नीतिलाई वैज्ञानिक रुपले पुनःनीतीकरण गरेका थिए । आज देखिएका स्वास्थ्य क्षेत्रका धेरै सुधारहरुको आरम्भ अधिकारीकै पालामा सुरु भएका हुन् ।

अधिवेशनबाट...

सदस्यहरुमा प्रदेश नम्वर १ बाट कबिता कार्की कडेरिया, प्रदेश नम्वर २ बाट अम्बिकालाल शाह, प्रदेश नम्वर ३ बाट मोहन घिमिरे, पुष्करबाबु त्रिपाठी, अस्मिता पौडेल, राजेन्द्र सिंह ठकुरी र केशब देबकोटा, प्रदेश नम्वर ४ बाट जितेन्द्र पौडेल र मञ्जु आचार्य, प्रदेश नम्वर ५ बाट अनिता थापा, मिन बहादुर कार्की र शुरेस कुमार श्रेष्ठ, प्रदेश नम्वर ६ बाट कुष्माखर बस्याल, प्रदेश नम्वर ७ बाट गणेश चौधरी र विषेश क्षेत्रबाट भोजराज गौतम, भूमिकला भण्डारी र अनुपा अर्याल निर्वाचित भएको अध्यक्ष थापाले बताए ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अन्तर्गत रहने नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन राष्ट्रिय संघका रुपमा रहेको छ ।

देशभरका ६३ निजी, सामुदायीक, गैह्रसरकारी र बिशेष ऐन मार्फत संञ्चालित सरकारी स्वस्थ्य संस्थाहरुबाट करिब दुई सय प्रतिनिधि तथा ३०बढी पर्यवेक्षकहरु सहभागी रहेको आयोजकको भनाइ छ ।

 

 

...

आइतबार, १ असोज, २०७४

 

प्रतिक्रिया

Related