सन्राइज बैंक लिमिटेडले बाँड्यो १५ प्रतिशत बोनस

निर्माण सञ्चार, काठमाडौं | सन्राइज बैंक लिमिटेडले आफ्ना सेयर सदस्यहरुलाई १५ प्रतिशत बोनस वितरण गर्ने भएको छ ।

बैंक सञ्चालक समितिको ०७४ भाद्र २९ गतेको २७७ औं बैठकले यस्तो निर्णय गरेको बैंकबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकको चुक्ता पुँजीमा ‘आव ०७३–०७४ को मुनाफाबाट शेयर धनीलाई १५ प्रतिशत अर्थात् शेयरधनीले धारण गरेको शेयरको प्रत्येक १०० कित्ता शेयरमा १५ कित्ता शेयर बोनस वितरण गर्न सिफारिश गरिएको’ विज्ञप्तिमा उल्लेख छ ।

उक्त बोनस शेयर गत आवमा जारी गरिएको ३०% हकप्रद शेयर मध्ये बिक्री नभई बाँकी रहेको ७,१०,७४३ कित्ता शेयरको बिक्रीका लागि लिलाम बढाबढ मार्फत् सूचना प्रकाशित भइसकेको जनाउँदै बैंकले सो शेयर खरिद गर्ने खरिदकर्ताले समेत प्राप्त गर्ने जनाएको हो ।

बोनश शेयर जारी गरे पश्चात् बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड रुपियाँ भन्दा बढी पुग्ने बताइएको छ ।

लिलामीमा राखिएको शेयर बिक्री पछि बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड रुपियाँ पुग्नेछ ।

नेपाल राष्ट्र बैंकले आषाढ २०७४ मा ‘क’ वर्गका वाणिज्य बैंकले चुक्ता पूँजी न्यूनतम ८ अर्ब रुपियाँ पु्र्याउनु पर्ने प्रावधान राखेपछि चुक्ता पुँजी ८ अर्ब रुपियाँ भन्दा बढी पु्र्याउन सनराइज बैंक सफल भएको बैंकले दाबी गरेको छ ।

 

...

शुक्रबार, ३० भदौ, ०७४ 

प्रतिक्रिया

Related