सन्राइज बैंक लिमिटेडको दशौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

निर्माण सञ्चार, काठमाडौं | सन्राइज बैंक लिमिटेडको दशौं वार्षिकोत्सवको कार्यक्रम सम्पन्न भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल बाल संगठनमा एक कार्यक्रमको आयोजना समेत गरेको थियो ।

सो कार्यक्रममा त्यहाँ रहेका १४० जना बालबालिकाहरुलाई सहयोग सामाग्रीहरु वितरण गरिएको छ ।

बैंकले प्रत्येक वार्षिकोत्सवको अवसरमा नेपाल बाल संगठनमा रहेका बालबालिकाहरुलाई विविध सामाग्रीहरु वितरण गर्दै आईरहेको छ ।

यस वर्ष पनि बैंकले आफ्नो दशौं वार्षिकोत्सवको उपलक्ष्यमा विविध सामाग्रीहरु लगायत खाद्य सामाग्री, जाडो महिनाको लागि ५३ थान सिरक वितरण गरेको हो ।

उक्त सामाग्रीहरु बैंकका संचालक समितीका अध्यक्ष मोतीलाल दुगड, संचालकहरु इन्जिनियर बच्छराज तातेड, ज्योति कुमार बेगानी, दीपक नेपाल, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य एवं बैंकका कर्मचारीहरुले वितरण गरेको बैंकबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा बैंकका अध्यक्ष मोतीलाल दुगडले बैंकले प्रत्येक वार्षिकोत्सवको अवसरमा नेपाल बाल संगठनमा रहेका बालबालिकाहरुलाई विविध सामाग्रीहरु वितरण गर्दै आइरहेको बताए ।

साथै यस वर्ष पनि बैंकको दशौं वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सामाग्रीहरु वितरण गर्न पाएकोमा खुशी ब्यक्त गरेका थिए ।

त्यस्तै नेपाल बाल संगठनका महासचिव किरणबाबु श्रेष्ठले सन्राइज बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सव कार्यक्रममा नेपाल बाल संगठनलाई पुर्याउँदै आएको सहयोगका लागी कृतज्ञता व्यक्त गर्दै भविष्यमा यस्ता कार्यक्रमहरुको निरन्तरताका लागी अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति

 

  ...

शुक्रबार, ३० भदौ, ०७४ 

 

 

 

 

प्रतिक्रिया

Related