सनराइज बैंकद्वारा ‘सुरक्षित घर कर्जा’ अन्तर्गतको बीमा रकम भुक्तानी

निर्माण सञ्चार, काठमाडौं |सनराइज  बैंक लिमिटेडले काठमाण्डौंमा आयोजित एक कार्यक्रममा लुभु शाखाबाट सुरक्षित घर कर्जा अन्तर्गतको बीमा रकम भुक्तानी गरेको छ ।

उक्त बीमा रकम सुरक्षित घर कर्जा उपभोग गर्दै आएका ग्राहक श्रीप्रसाद तण्डुकारको निधन भएकोमा प्रदान गरिएको हो ।

निज ग्राहकले घर कर्जा रकम बराबरको बीमा रकम र बोनस सहित १५,७४,२५० रुपियाँ प्राप्त गरेको बैंकबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

सो कर्जा योजनाको साझेदार प्राइम लाइफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले सनराईज बैंकका नायव महाप्रबन्धक रविन कुमार नेपाललाई मृतक ग्राहकका छोरा सुमन तण्डुकारको उपस्थितिमा हस्तान्तरण गरेका हुन् ।

उल्लेखित रकम मध्ये १५ लाख रकम बैंकको साँवा रकम चुक्ता गरिने छ भने बाँकी बोनस रकम मृतकको छोरा सुमन तण्डुकारलाई प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।

विगत २ वर्ष देखि बंंैकले आफ्ना ग्राहकहरुलाई ऋण रकम बराबरको सावधिक जीवन बीमा सहितको सन्राइज सुरक्षीत घर कर्जा योजना संचालनमा ल्याएको छ ।

जस अन्तर्गत, ग्राहकहरुको कर्जा रकम बराबर जीवन बीमा गरिनुको साथै निजहरुलाई बीमाको अवधि अनुसार बोनसमा समेत सहभागिता गराउँदै आएकोे छ ।

कथम्–कदाचित ग्राहकको मृत्यु भएमा बीमा कम्पनीबाट पूर्ण रुपमा कर्जा रकम चुक्ता गरिने विज्ञप्तिमा उल्लेख छ ।

साथै तोकीएको असाध्य रोगले ग्रसीत भई अशक्त भएमा बीमा सुविधा बापत हरेक महीना निश्चित रकम निश्चित समयका लागि प्रदान गरिने व्यवस्था पनि रहेको छ ।

यसै कर्जा योजना अनुसार कर्जाको सम्पूर्ण दायित्व बीमा कम्पनीले बहन गरीदिने हुनाले निजका परिवार समेत बैंक प्रतिको आर्थिक दायित्वबाट मुक्त हुन्छन् ।


...

  सोमबार, २ असोज, ०७४ 

प्रतिक्रिया

Related