के हो पायल्स ? के हो उपचार ?

‘लौकाको पातलाई पिसेर पायल्सको मासुमा नियमित लगाउँदा केही दिनमै फाइदा हुने’
निर्माण सञ्चार, काठमाडौं | पायल्स यस्तो रोग हो जसमा गुद्वारको बाहिरी र भित्री भागमा मुसाजस्तो मासु पलाउने गर्दछ ।

ती मुसाबाट थुप्रैपटक रगत निस्कन्छ र पीडा पनि हुने गर्दछ ।

कहिले काँही बल लगाउँदा भने यी मुसा बाहिर निस्कने गर्दछन् ।

जीवनशैलीका कारण धेरैजसो मानिसलाई पायल्सको समस्या हुने गर्दछ भने यसको पछाडि वंशानुगत इतिहास पनि हुन सक्ने आयुर्वेदिक एक्सपर्ट र व्यवसायी डा. अबरार मुल्तानी बताउँछन् ।

यस्ता छन् पायल्स हुने कारण

१. कब्जियत

यो पायल्स हुने सबैभन्दा ठूलो कारण हो । पेट राम्रोसँग सफा नहुँदा गुद्वारमा मासुको डल्लो पलाउने गर्दछ ।

२. बसेर गर्नुपर्ने काम

धेरै बेरसम्म बसिरहनुपर्ने कामले पनि पायल्सको समस्या हुनसक्छ ।

३. गर्भावस्था

गर्भावस्थाको क्रममा पाचन समस्या हुने गर्दछ । यसले गर्दा थुप्रै महिलालाई पायल्सको समस्या हुने गर्दछ ।

४. जीवनशैली

धुम्रपान, मद्यपान, जंक फूडजस्ता खानेकुरा धेरै खाँदा पनि पाचन क्रिया बिग्रने गर्दछ र पायल्स हुने गर्दछ ।

५. वंशानुगत

परिवारमा कसैलाई समस्या छ भने आउने पीढिलाई पनि यो हुने सम्भावना हुन्छ ।

पायल्सको उपचारका तरिका

– नीमको कोमल पातलाई घ्यूमा भुटेर त्यसमा थोरै कपुर हाल्ने र पायल्सको मासुमा लागाउने ।

– कालोमरिच र कालो जिराको पाउडर आधा चम्चा दैनिक महसँगै खाँदा पाइल्सबाट राहत पाइन्छ ।

– लौकाको पातलाई पिसेर पायल्सको मासुमा नियमित लगाउँदा केही दिनमा फाइदा हुनथाल्छ ।

– तुलसीको पातलाई पानीसँग पिसेर लगाउँदा जलनबाट राहत महसुस हुन्छ । पलाएको मासु पनि बिस्तारै ठिक हुन्छ ।

– अमलाको पाउडरलाई पानीमा घोलेर रातभरी माटोको भाँडोमा राख्ने र बिहान मिश्री मिसाएर पिउँदा पायल्स कम हुन्छ ।

– काँचो प्याजलाई मसिनो आँचमा भुट्ने, यसको पेस्ट बनाएर मासु पलाएको ठाउँमा लगाउँदा केही दिनभित्र फाइदा हुन्छ ।

– चियाको पत्ती पिसेर पेस्ट बनाउने र त्यसलाई तातो बनाएर मासु पलाएको ठाउँमा लगाउँदा केही दिनमा मासु सुक्नेछ ।

– एक मुट्ठी कालो तिललाई एक कचौरा दहिसँग दैनिक खाँदा रगत आउने पायल्सको समस्यामा फाइदा पुर्याउँछ ।

– मेहेन्दीको पातलाई पानीमा पिसेर लगाउँदा केही दिनमा पलाएको मासु सुक्ने गर्दछ ।

....

विहीबार, ५ असोज, ०७४ 

प्रतिक्रिया

Related