सुख्खा पहिरो झरेपछि गुल्मीको तम्घास–रिडी सडक अबरुद्ध

पहिरो खस्ने क्रम जारी, हालसम्म सडक खुल्ने कुनै संकेत नभएको
निर्माण सञ्चार, काठमाडौं | सुख्खा पहिरो झरेपछि गुल्मीको तम्घास–रिडी सडक अबरुद्ध भएको छ ।

रेसुङ्गा नगरपालिका–१३ स्थित भंगारीमा सोमबार ठूलो पहिरो खसेपछि सडक अबरुद्ध भएको हो ।

बिहान ६ बजेबाट सडक अवरुद्ध भएपछि जिल्ला सदरमुकाम तम्घासदेखि रिडी हुँदै पाल्पा, बुटवल लगायत विभिन्न ठाउँमा जाने गाडी र त्यस गाडीहरुमा सवार यात्रुहरु बिचमै अलपत्र परेका छन् ।

रेसुंगाा नगरपालिका–१३ का अध्यक्ष खुमबहादुर खत्रीका अनुसार सडक खुलाउन डोजर तयारीका साथ राखिए पनि लगातार सुख्खा पहिरो खस्ने क्रम जारी नै रहेकाले काम अगाडि बढाउन कठिनाई भएको छ ।

उनले भने,‘ पहिरो निरन्तर झरिरहेकाले पैदल हिँड्न पनि कठिन भएको छ ।’

करिब १ वर्ष अगाडि उक्त स्थानमा सडक विस्तार गरेर चौडा पारिएको थियो ।

सो सडक चौडा पारेसँगै २ महिना अघिदेखि उक्त सडक माथीको जमिन भत्किनलाई जमिन फाट्दै आएको थियो ।

ठूलो पहिरो खसेका कारण आज साँझसम्म सडक खुल्ने कुनै संकेत नभएको स्थानीयले बताए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरामकुमार द्विवेदीका अनुसार बैकल्पिक मार्गको लागि रिडी–खज्याङ–सिमीचौर–तम्घासको सडक हुँदै आउन–जान सकिन्छ कि भन्ने बारे छलफल भइरहेको छ ।

पहिरो लगातार झरिरहेकाले वैकल्पिक सडकको अवस्थाबारे जानकारी लिँदै गरेको प्रहरी उपरिक्षक द्विवेदले जानकारी दिए ।

...

सोमबार, ९ असोज ०७४ 

प्रतिक्रिया

Related