फेवाताल संरक्षणमा प्रभावकारी भूमिका निर्वाह गर्न समितिको निर्देशन

करिब १६ सय १२ रोपनि जमिन अतिक्रमण भएको समितिको निष्कर्ष
निर्माण सञ्चार, काठमाडौं | सरकार र फेवातालसँग सरोकार राख्ने सबै मन्त्रालयलाई फेवातालको संरक्षणमा प्रभावकारी भूमिका खेल्न संसदको वातारण संरक्षण समितिले निर्देशन दिएको छ ।

सो समितिको बैठकले फेवातालको संरक्षण एवं व्यवस्थापनका सम्बन्धमा अहिलेसम्म भएका छानविन समितिको सुझाव र सिफारिसालई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

फेवातालको किनारमा सञ्चालित फिस्टेल लजलगायत अन्य होटलको सम्बन्धमा छुट्टै अध्ययन गरी निष्कर्षमा पुग्न समेत निर्देशन दिएको संसदको सचिव सुरजकुमार दुराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

समितीले प्रधानमन्त्री कार्यालय वन तथा भू–संरक्षण, संस्कृति, जनसंख्या तथा वातावरण, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो ।

त्यसैगरी समितिले अधिकार सम्पन्न स्वतन्त्र निकाय स्थापना गर्न प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिएको छ ।

२०१८ सालमा १० वर्ग किलोमिटरमा फैलिएको फेवाताल केन्द्रीय नापी विभागद्वारा ०६४ मा गरेको सर्बे अनुसार ४.२० वर्ग किलोमिटरमा खुम्चीएको छ ।

तालको क्षेत्रफल मात्र नभई गहिराई पनि दिन प्रतिदिन घट्दो क्रममा गएको विज्ञहरु बताउँछन् । ०३१ सालमा ३३ मिटर गहिरो फेवाताल ०६४ को नापीमा १८ मिटर मात्रै गहिरो देखिएको छ ।

त्यस्तै, फेवातालमा बनेको बाँध २०३१ सालमा फुटेपछि तालको ५० प्रतिशत पानि बगेर गएको थियो । जसकारण तालले ढाकेको जमिनमा अतिक्रमण सुरु भएको थियो ।

फेवातालको अतिक्रमण भएको जग्गा तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले विश्वप्रकाश लामिछानेको संयोजकत्वमा छानविन गरी पेश गने गरी उच्चस्तरीय समिति गठन गरेको थियो ।

त्यस अवधिमा समितिले करिब ९ सय ५० जना जतिको लालपुर्जा खारेज गर्न सिफारिस पनि गरेको थियो ।

जसमध्ये ७ सय जना जतिको जमिन संरक्षण क्षेत्रभित्र पर्ने समितको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

समितिले फेवातालको करिव १६ सय १२ रोपनि जमिन अतिक्रमण भएको निष्कर्ष निकाल्दै सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको थियो ।

यस फेवाको जमिन अतिक्रमण गर्नेमा ‘सकारात्मक सोच’का प्रर्वतक कर्ण शाक्य देखि चर्चित होटल व्यवसायी पियुष बहादुर रहेका छन् ।

...

सोमबार, ९ असोज ०७४ 

प्रतिक्रिया

Related