कोमात्सुको नयाँ हेभिइक्विप्मेन्ट–JTHB210 Hydraulic Breaker बजारमा

निर्माण सञ्चार, काठमाडौं । नेपालका लागि कोमात्सुको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रा.लि.ले नयाँ हेभी औजारको विधिबत् उद्घाटन गरेको छ ।

अत्याधुनिक उच्च प्रविधि प्रयोग गरिएको Komatsu Genuine Hydraulic Breaker सस्तोमा गुणस्तरीय सेवा दिन सक्ने प्रविधि रहेको नेपालका लागि कोमात्सुको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका महाप्रबन्धक टंक भट्टले जानकारी दिए ।


दशैंको मुखमा राजधानीको हायात होटेलमा एक विशेष समारोहका बिच उद्घाटन गरिएको यो प्रविधिबारे आयोजकले विस्तारमा आफ्नो धारणा राखेका थिए ।

यस प्रविधिको विधिवत् उद्घाटन नेपालको आधिकारिक बिक्रेता सहित संयुक्त रुपमा गरिएको थियो ।

स्थानीय निर्वाचनसँगै स्थानीय पूर्वाधार विकासको नयाँ गोरटोमा अघि बढ्ने सम्भावना बोकेको नेपालमा पूर्वाधार विकासका लागि हेभी औजारहरुको अत्यन्त आवश्यकता रहेको औजार बिक्रेताहरुको बुझाइ छ ।

लन्च कार्यक्रममा हेभी इक्विप्मेन्टका लागि नेपाल नै राम्रो सम्भावना रहेको बजारका रुपमा चित्रण गर्दै बिक्रेता कम्पनीले आफ्ना ग्राहकहरुलाई प्रोडक्टबारे भिडियो सहित प्रस्तुति दिएको थियो ।

भरपर्दाे, गुणस्तरीय, सुरक्षित तथा प्रभावकारी कामका लागि यो औजार विश्वसनीय रहेको कोमात्सुले जारी गरेको प्रेस पत्रमा उल्लेख छ ।

यस कम्पनीले नेपाली बजारमा निम्नानुसारको विभिन्न ब्रान्डहरु ल्याएको छ । 

 

आवश्यक जानकारी लिनु परेमा बिक्रेता कम्पनीले आफ्नो उपभोक्ताका लागि विज्ञप्तिमा उल्लेख गरिएको फोन तथा ठेगानमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

 

 

 

हेरौं प्रेस विज्ञप्ति

क्यूआर कोडका लागि 

 

...

 

सोमबार, ९ असोज, ०७४

 

प्रतिक्रिया

Related