पोखरा तल्लाकोटस्थित विन्देश्वरी मावि सञ्चालनार्थ ४ लाख सहयोग संकलन

मावि सञ्चालनको प्रक्रिया पुगिसक्ता पनि सरकारले गरेन सहयोग, विद्यालय संकटमा
निर्माण सञ्चार, पोखरा । उत्पीडित तथा विपन्न समुदायको बस्ती रहेको पोखरा लेखनाथ महानगरपालिका स्थित तल्लाकोट, वडा नम्बर १९ मा अवस्थित छ विन्देश्वरी माध्यमिक विद्यालय ।

जतिबेला देशमा अक्षर चिन्ने विद्यालयहरु खोजी गर्दा पाइन्नथ्यो, २०१७ सालमा स्थापित यस विद्यालयले हजारौं कर्णधारहरुलाई जन्माइसकेको छ ।

जहाँ यतिबेला ६ सय ५० बढी घरधुरी रहेका छन् । तिनका बालबालिकाको भविष्यको रेखा कोर्ने यौटै मात्र विद्यालयका रुपमा अवस्थित विन्देश्वरी मावि यतिबेला संकटमा छ ।

चार वर्ष अघि नै प्रक्रिया पुराएर माध्यमिक सञ्चालन गरेको यो विद्यालयलाई सरकारले बेवास्ता गरेका कारण मावि सञ्चालनमा बाधा आएको विद्यालय व्यवस्थापन समितिको भनाइ छ ।

यही शैक्षिक सत्रबाट अंग्रेजी माध्यममा पठन पाठन सुरु भएको यस माविमा हाल तीन सय पचास विद्यार्थी रहेका छन् । विद्यार्थीहरुलाई निःशुल्क अध्यापन गराइँदै आएको विद्यालय स्रोतले बतायो ।

पहिलाकै जमाना झल्काउने गरी विद्यार्थीहरु अहिले पनि घरबाटै गुन्द्री र बोरा बोकेर विद्यालय जाने गर्छन् । यतिको पुरानो सामुदायिक विद्यालयमा पूर्वाधार अभावले गर्दा पर्याप्त कक्षा कोठा समेत छैन ।

माविमा तलब खुवाउनै मुस्किल

माध्यमिक तह सञ्चालन गर्दादेखि नै निजी स्रोतबाट तलब खुवाउँदै आएको विद्यालयले गत आर्थिक वर्षदेखि भने धान्नै नसकेर घरदैलो गर्दै तलब खुवाउनु परेको बाध्यता व्यवस्थापन समितिका अध्यक्ष कलाधर बास्तोलाको भनाइ छ ।

युवा जोशले उठ्यो चार लाख

एकै दिन ‘दशैं आयो कि तलबको टेन्सन । शिक्षकहरुको पारिश्रमिक नदिउँ उनीहरुको पनि त दशैं हो नि’ प्रधानाध्यापक श्रीराम आचार्य ।

प्रअ आचार्यका अनुसार व्यवस्थापन समितिको हालैको वैठकले ‘आर्थिक संकलन समिति’ गठन गरेको थियो ।

समितिको पहिलो प्रयासमै एकै दिनमा झन्डै ४ लाख रुपियाँ जम्मा भएको समितिका संयोजक माधव बास्तोलाले बताए ।

संयोजक बास्तोला अनुसार साबिक पुरुन्चौर गाउँ विकास समितिबाट पोखरा बजारमा आई पेसा व्यवसाय गरेका मानिसहरु बिच दशैंको शुभकामना आदान प्रदानका लागि गरिएको भेटघाट नै आर्थिक जोहोको कोसो ढुंगा बनेको हो ।

युवा नेताका रुपमा लोकप्रिय छवि बनाएका बास्तोला भन्छन्, ‘हाम्रो इमानदार प्रयत्न भयो भने नहुने काम केही छैन जस्तो लाग्छ ।

आफ्नो गाउँको विद्यालय, धेरै बालबालिकाको भविष्य बोकेको र इतिहास समेत बोकेको विन्देश्वरीका लागि केही त गर्नै पर्छ भन्ने मलाई पनि लागिरहेको थियो ।

व्यवस्थापन समितिले जिम्मेवारी दिएको ऊर्जा बोकेर काम सुरु गरें, एकै दिनमा झन्डै चार लाख रकम जुटाउन सकएछ ।’ उनका अनुसार सहयोगी मनहरु जुट्नेक्रम जारी छ ।

पोखरावासीले पाइला चालेलगत्तै विदेशमा बस्ने युवा र व्यवसायीहरु पनि विन्देश्वरीको जीवनमै परिवर्तन ल्याउनु पर्छ भन्दै सहयोगका लागि तयार भएको सन्देश पठाउन थालेका छन् ।

बास्तोला भन्छन्, ‘यो पटकको दशैं तिहार, छठ र ल्होसारको शुभकामना भनेकै विन्देश्वरी विद्यालयको जीवनमा परिवर्तन ल्याउने प्रण सफल पारौं भन्ने मलाई लागेको छ ।’

०१७ सालमा स्थापना भएको यस विद्यालयमा निम्न माध्यमिक तहसम्म राहत दरबन्दीमा शिक्षकहरु रहेका छन् भने मावि सञ्चालनका लागि मासिक १ लाख जति खर्च हुने गरेको छ ।

विन्देश्वरी मावि सञ्चालनार्थ सहयोगी मनहरु

१. कलाधर वास्तोलाको पहलमा २ लाख २५ हजार

२. नारायण वास्तोला कौरेलीबाट ३६ हजार

३. ईश्वरी प्रसाद वास्तोलाबाट २० हजार

४. माधव प्रसाद वास्तोला बस्तारीबाट १५ हजार

५. बलराम गौतमबाट १० हजार

६. मीनराज अधिकारीबाट १० हजार

७. वसन्तराज आचार्य १० हजार

८. कृष्णप्रसाद गौतम १० हजार

९. नारायण अधिकारीबाट ५ हजार

१०. नारायण बास्तोलाबाट अन्नपूर्ण ५ हजार

११. कृष्ण तिवारी ५ हजार

१२. चन्द्रकान्त आचार्य ५ हजार

१३. ढाकामोहन गौतम ५ हजार

१४. विष्णुप्रसाद बास्तोला वास्टारीबाट ५ हजार

१५. विष्णुप्रसाद बास्तोला टाकुराबाट ५ हजार

७. गोपाल केसी २ हजार ५ सय 

१८. रमेश केसी ढुंगाखानी २० हजार

अहिलेसम्म सहयोगीमनहरुका रुपमा १८ जनाबाट सहयोग जुटेको आर्थिक समितिका संयोजक बास्तोलाले बताए । उनले विद्यालयको सहयोगका लागि हात बढाउन सबैसँग आग्रह गरेका छन् ।

 

...

बुधबार, ११ असोज, ०७४

 

प्रतिक्रिया

Related