हङकङ विश्वको छैटौं प्रतिस्पर्धी अर्थतन्त्रको सूचीमा उक्लिन सफल

स्वस्थ प्रतिस्पर्धा र खुलापन अपनाएको, सबैभन्दा कुशल बजारका रुपमा व्याख्या
निर्माण सञ्चार, काठमाडौं | चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) अर्थतन्त्रमा विश्वको छैटौं प्रतिस्पर्धी बन्न सफल भएको छ ।

हङकङ विश्व आर्थिक मञ्च (डब्लुईएफ) को ‘ग्लोबल कम्पिटेटिभ इन्डेक्स’मा गत वर्षभन्दा तीन स्थान माथि उक्लिएको हो ।

विश्वको छैटौं प्रतिस्पर्धी अर्थतन्त्रको सूचीमा उक्लिन सफल भएको हङकङ स्विट्जरल्यान्ड, अमेरिका, सिंगापुर, नेदरल्यान्ड्स र जर्मनीको अर्थतन्त्र भन्दा पछाडि पुगेको छ ।

तर, चीनको मुख्यभूमि भने २७ औँ स्थानमा छ ।

यता स्विट्जरल्यान्डस्थित मञ्चले हङकङलाई संसारकै उत्कृष्ट पूर्वाधार संरचनाका लागि सराहना समेत गरेको छ । त्यस्तै, सबैभन्दा कुशल बजारका रुपमा पनि व्याख्या गरेको छ ।

उक्त मञ्चले हङकङले स्वस्थ प्रतिस्पर्धा र खुलापन अपनाएको जनाएको छ । यसै कारण स्थिर र बलियो वित्त बजार तयार भएको मञ्चको निष्कर्ष छ ।

रिपोर्टअुनुसार पछिल्लो एक वर्षमा हङकङलाई क्षेत्रीय वित्त बजारहरुमा स्थिरीकरणका रुपमा आंशिक हिसाबले अधिक अनुकुल, व्यापक आर्थिक वातावरणबाट लाभ प्राप्त भएको छ ।

त्यस सूचीमा सिंगापुर एक स्थान तल झरेको छ, जसलाई एसियाकै प्रतिस्पर्धी अर्थतन्त्र मानिन्छ ।

स्विट्जरल्यान्डले अमेरिकाभन्दा अगाडि आफूलाई विश्वव्यापी ‘रयाङ्किङ्’ मा अगाडि राखेको छ । त्यसैगरी चीनको मुख्यभूमि गत वर्षभन्दा माथि उक्लिएको छ ।

गैरनाफामूलक मञ्चले १ सय ३७ ओटा मूलकको अर्थतन्त्रबारे मूल्यांकन गर्दै आएको छ ।

जसअनुसार विस्तृत वृद्धिदर हासिल गर्न देशहरुको क्षमतामा सकारात्मक परिवर्तन तथा नागरिकहरु र पर्यावरणीय लाभका क्षेत्रबारे विश्लेषण गर्ने गरिएको छ ।

सो मञ्चले नवीनता, पूर्वाधार विकास र स्थुल अर्थतन्त्रका लागि वातावरणलगायत १२ वटा आयामबारे विश्लेषण गर्छ, यसैअनुसार नै सूचीमा उल्लेख गरिन्छ ।

... बुधबार, १८ असोज ०७४

प्रतिक्रिया

Related