भूकम्प पीडितप्रति डा पोखरेलको ‘बालमतलब’, सरकारी गाडी र पैसाको दुरुपयोग गर्दै जिल्ला दौडमा

प्रोफाइल बढाउने स्वार्थमा मात्र बने सीइओ, सिइओ छाड्दै सांसद बन्ने दौडमा जिल्ला भ्रमणमा
निर्माण सञ्चार, काठमाडौं । सिइओ बन्नुपूर्व नै जिल्ला दौडमा थिए डा गोविन्द पोखरेल । आखिर भूकम्प पीडित प्रति यति असंवेदनशील हुनु नै थियो भने, उनी भन्दा अघिका सिइओ सुशील ज्ञवालीलाई ‘प्रपञ्च’ गरेर हटाउन किन लगाए ?

यसको जवाफ दिदै पुनर्निर्माण प्राधिकरणका एक अधिकारीले नाम नखोल्ने सर्तमा भन्छन्, ‘प्रोफाइल बढाउने स्वार्थमा काम गर्ने मानिसलाई किक हान्न डा पोखरेलले नै नेता उचाल्ने काम गरेको हामीले देखेकै हौं ।

आफ्नो स्वार्थ बेगर भूकम्प पीडितका लागि डा पोखरेलले कति काम गरे भन्ने कुरा त घाम जतिकै छर्लङ्गै छँदै छनि ।’

स्वार्थको पनि हद हुन्छ नि !

देश बनाउने बारे बोलेर डिङ हाँकी नभ्याउने काँग्रेस नेता डा गोविन्द पोखरेललाई गत महिना संसद्को विकास समितिले पुनःनिर्माण प्रगतिबारे गरेको पत्रकार सम्मेलनमा पसिना छुटेको थियो ।

अघिल्लो सिइओ ज्ञवालीलाई हटाएकै दिन बिबिसीले सोधेको प्रश्नको जवाफ दिदै ‘काम गर्न नसके छोडिदिनु पर्छ, मैले पनि सकिन भने म छाडिदिन्छु’ भनेको रकेर्ड अहिले पनि बिबिसी नेपाली सेवामा रेकर्डेड नै छ ।

आखिर गाली गर्न र ‘प्रोफाइल’ बढाउन मात्रै आएका हुन् डा पोखरेल ? कि उनीभन्दा यो जगत्मा काम गर्न सक्ने कोही छैन भन्ने प्रमाणित गराउन चाहन्थे उनी ?

अघिल्लो सरकारले तिन वर्ष भित्र भूकम्पपीडितलाई टहरा र त्रिपालबाट छानो मुनि ल्याइसक्ने र पाँच वर्ष भित्र सबै तिर घरहरु बनाइसक्ने जुन युद्धस्तरको काम गरेर देखाएको थियो, पत्रकारहरु माझ प्रगति विवरण दिदा उनको वर्ष दिन उपलब्धिपूर्ण हुनुको साटो पछि धेकलिएको घुमाउरो भाषामा उनैले स्वीकारे ।

जबकि अघिल्ला सिइओ र सरकारले शून्यबाट काम सुरु गरेर १० महिना भित्र नीतिनिर्माणदेखि पुननिर्माणलाई निकै अघि बढाइसकेको थियो ।

अर्काेले सुरु गरेर छाडेको कामलाई गतिसम्म दिन नसकेका सिइओ डा पोखरेलले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जुन उद्देश्य र आदर्शका लागि स्थापित गरेको हो, थाङ्नो नै बनाएर छाड्ने ठाउँमा पुगेका छन् ।

आखिर काँग्रेसले चलाएको देश नै यस्तै हो भन्ने जस्तो उनी जस्ता विद्वानले पनि पारेरै छाडे ।

यो देशमा मुलुक प्रति निष्ठावान भन्नेहरुको भित्री वास्तविकता खोतल्ने हो भने सारै घृृणा लागेर आउने ठाउँमा डा पोखरेल पनि पुगेका छन् ।

परिचालित इन्जिनियरहरुमाथि राजनीतिकरण नै गरेर मनलागी कर्मचारी भर्ती समेत गरेको आरोप न सेलाउँदै लाई प्राधिकरणको कामको साटो कर्मचारीलाई चुनाव प्रचार गर्न कार्यकर्ताका रुपमा समेत उनले परिचालन गरेर संस्थागत मर्यादा समेत पंगु बनाएको फिल्डमा रहेका इन्जिनियरहरुकै दुखेसो छ ।

काम गर्न नसकेको भन्दै आलोचित बनेका पोखरेल काम गर्न नसकेको कुरालाई ढाकछोप गर्दै अब सांसद्को टिकट कन्फर्म गरेर प्राधिकरणबाट राजिनामा दिदै छन् ।

तेस्रो दशैं पनि पाल र टहरामै भूकम्प पीडित

भूकम्प पीडितले यो तेस्रो दशैं पनि टहरा र पाल मुनि नै मनाए । ठिक यस बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत रहेका डा। पोखरेललाई भने चुनावी अभियानले छोएको छ ।

उनी रात दिन जिल्लामा व्यस्त छन् । त्यो पनि सरकारी गाडी, तेल र समय दुरुपोग गरेर ।

प्राधिकरणबाट राजिनामा दिएर नेपाली कांग्रेसको तर्फबाट आगामी निर्वाचनमा गृहजिल्ला प्युठानबाट चुनाव लड्ने तयारीमा उनी लागेका हुन् ।

यतिबेला कांग्रेस जिल्ला कार्यसमिति प्युठानले सर्वसम्मत रुपमा प्रमुख कार्यकारी अधिकृत पोखरेलको नाम उम्मेदवारका लागि सिफारिस गरिसकेको छ ।

काँग्रेस केन्द्रले हस्तक्षेप गरेन भने उनी प्युठानबाट चुनाव लड्ने पक्कापक्की भएको स्रोतको दाबी छ ।

दशैंकै बिचमा असोज १७ गते जिल्ला कार्यसमितिले पोखरेलको नाम सिफारिस गरेर केन्द्रमा पठाएको नेपाली कांग्रेस प्युठान जिल्ला कार्यसमिति सचिव देवेन्द्र बर्माको भनाइ छ ।

बर्माका अनुसार जिल्लाका २ नगरपालिका र ७ गाँउपालिकाका ६४ वडाले सर्वसम्मत रुपमा उहाँलाई नै सिफारिस गरेपछि जिल्लाबाट उनको नाम सिफारिस गरेर केन्द्रमा पठाइएको छ ।

दशैंमा भोट माग्दै सरकारी गाडीका दुरुपयोग

गएको वर्ष पुसमा पोखरेल कांग्रेसको सिफारिसमा प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । भूकम्प पीडितका सपनालाई विपनामा रुपान्तरित गर्ने वाचा सहित प्राधिकरण छिरेका उनी वर्ष दिन बित्न नपाँउदै पुनर्निर्माणको जिम्मेवारी छोडेर राजनीतिमा होमिएका छन् ।

उनलाई कतिसम्म राजनीति लागेको छ भने, ‘दशैंका बेला पनि डा साहेबले गाउँ गाउँमा भोट माग्न छाड्नु भएन । नाम सिफारिस भएपछि चुनावी भेटघाटमै व्यस्त हुनुहुन्छ,’ प्युठान काँग्रेसका एक सदस्यले भने ।

यतिबेला प्राधिकरणको गाडी चढेर पोखरेल प्युठानका गाँउ गाँउमा भोट माग्न घरदैलो अभियानमा लागेका छन् । उनले प्युठानका खलङ्गा र बिजुवा क्षेत्रमा घरदैलो गरेका हुन् ।

भूकम्प पीडित टहरामा राखेर भूकम्प पीडितको सेवामा लगाउनु पर्ने सरकारी गाडी व्यक्तिगत उद्देश्यका लागि प्रयोग गरिएको छ ।

 

 

...

बुधबार, १८ असोज २०७४

 

प्रतिक्रिया

Related