आकर्षण साना हिमालतिर– ९२ आरोही दलले लिए अरोहणको अनुमति

‘६ हजार ५ सयदेखि ८ हजार मिटरसम्म उचाइका हिमाच्छादित पहाडहरुलाई साना हिमाल भन्ने गरिएको छ भने सोभन्दा बढी उचाइलाई ठूला हिमाल’
निर्माण सञ्चार, काठमाडौं |  दुई सिजन, वसन्त र शरद ऋतु हिमाल आरोहणको रुपमा चिनिन्छन् । वसन्त ऋतुमा आरोही सगरमाथातिर मोडन्छिन भने शरद ऋतुमा साना हिमालतिर ।

यस पटक हालसम्ममा ९२ वटा दलले साना हिमाल आरोहणको अनुमति लिइसकेका छन्, जसमा ७ सय ८ जना आरोही रहेको पर्यटन विभागले जानकारी दियो ।

विभागका अनुसार गत वर्षभन्दा यसपटक आरोही बढ्ने आकलन गरिएको छ ।

कात्तिकभरि नै अनुमति लिने क्रम चलिरहने भएकाले कति दलले साना हिमाल आरोहण गर्छन् भन्ने यकिन गर्न नसकिने पर्यटन विभागका महानिर्देशक दिने भट्टरार्यले जानकारी दिए ।

यस सिजनमा आरोहीको विशेष आकर्षणमा मनास्लु हिमाल रहन्छ । उक्त हिमशिखर चढ्ने अनुमति हालसम्म २१ वटा टोलीले लिएका छन् । यीमध्ये अधिकांश टोलीले मनास्लुको शिखर चुमिसकेका छन् ।

पछिल्लो वर्ष सोही सिजनमा साना हिमाल चढ्ने एक सय ६३ वटा आरोही दल थिए । जसमा कुल आरोही एक हजार एक सय २५ जना थिए ।

भट्टराईले भने,‘ अनुमति लिन आउनेहरुको भीडका आधारमा गत वर्षभन्दा कम होलान् भन्ने लाग्दैन’ ।

६ हजार ५ सयदेखि ८ हजार मिटरसम्म उचाइका हिमाच्छादित पहाडहरुलाई साना हिमाल भन्ने गरिएको छ भने सोभन्दा बढी उचाइलाई ठूला हिमाल भन्ने गरिएको छ ।

नेपालमा सगरमाथा, मनास्लु, कञ्चनजंघा, ल्होत्से, मकालु, चो–ओयु, धौलागिरी र अन्नपूर्ण गरी आठ वटा ठूला हिमाल छन् ।

यीभन्दा कम उचाइका साना हिमाल २० वटा छन् ।

आरोहीहरुले साना हिमालको आरोहण ठूलाको शिखर चुम्न अभ्यासका रुपमा लिने गर्छन् । त्यस्ता अभ्यास नेपाली आरोही पनि विदेशभन्दा स्वदेशी हिमालमै गर्न थालेका छन् ।

यसकारण शरद ऋतुमा ८ हजार मिटरभन्दा तलको उचाइका हिमालमा स्वदेशी–विदेशी आरोहीको भीड लाग्ने गर्छ । गत वसन्त ऋतुमा पनि केही आरोहीले साना हिमालको शिखरमा पाइला राखेका थिए ।

शरद ऋतुमा भने ठूला हिमाल आरोहण गर्न चाहने एक जना आरोही पनि पर्यटन विभागमा आएका छैनन् ।

हिमाल आरोही शिखर चुमेको खुशी लिएर मात्र आउँदैनन् । साहसिक र जोखिमपूर्ण मानिने पर्वतारोहण कतिपयका लागि जिवन नै समाप्त हुने माध्यम पनि बन्ने गरेको छ ।

...

आइतबार, २२ असोज ०७४

प्रतिक्रिया

Related