अब हेटौंडामै नेपाली नोट !

‘प्रेस स्थापनाका लागि एक सय ५० रोपनी जग्गा सम्झौता,जग्गा छनोट गर्ने कार्य सम्पन्न’
निर्माण सञ्चार, काठमाडौं | नेपाल राष्ट्र बैंकले छाप्ने नोट, हुलाक सेवा विभागले छाप्ने हुलाक टिकट र नेपाल बैंकमा प्रयोगमा आउने चेकबुकलगाएतका सामाग्री हेटौंडामा छाप्ने भएको छ ।

अब करोडौं खर्चेर नेपाली पैसा विदेशमा छाप्न लैजानु पर्ने बाध्यताको अन्त्य हुनेछ ।

सरकारले हेटौंडा उपनगरपालिका–१४, मयुरधापमास्थापना गरिएको नयाँ औद्योगिक क्षेत्रमा छाप्ने छापाखाना उद्योग स्थापना गर्ने तयारी गरेको छ ।

उद्योग स्थापनासँगै नोट, हुलाकटिकट, चेक बुकका साथै अन्य महत्वपूर्ण छपाई नेपालमै हुने भएको हो ।

सरकारले हेटौंडामा स्थापना गर्न लागिएको यस दोस्रो औद्योगिक क्षेत्रमा उद्योग सञ्चालनका लागि अत्याधुनिक प्रविधिको छपाई गर्ने  प्रिन्टिङ प्रेस स्थापना तयारी गरेको छ ।

स्रोतका अनुसार केही महिनाभित्र प्रेस स्थापनाको काम थालनी हुनेछ । जसअनुसार पहिलो चरणमा जग्ग छनोट गरेपछि मात्र थप कार्य अगाडि बढाइने बताइएको छ ।

उक्त प्रेस स्थापनाका लागि एक सय ५० रोपनी जग्गा सम्झौता गर्ने प्रक्रिया सुरु भएको छ ।

जग्गा छनोट गर्ने कार्य भने सम्पन्न भइसकेको नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष मानव अधिकारीले जानकारी दिए ।

त्यस औद्योगिक क्षेत्रमा प्रेस स्थापना गर्दा सुरक्षाको प्रबन्ध गर्न सहज हुने भएकोले सरकारी निकायले हेटौंडाको मयुरधापलाई छनोट गरेको बताइएको छ ।

नेपाली सेना, नेपाली सेना, सशस्त्र प्रहरीसहित सुरक्षा घेरामा यहाँबाट नोट, हुलाकटिकट तथा बैंकको चेकबुक छपाई गरिने भएको छ ।

हाल हेटौंडाको मयुरधापमा जार्सा कन्सल्ट्याण्टले विस्तृत परियोजना (डीपीआर) तयार गरिरहेको छ भने मयुरधापको एक सय ३५ हेक्टर जमिनमा डीपीआरका लागि सर्भेको काम सकिएको छ ।

प्रादेशिक औद्योगिक क्षेत्र हेटौंडा बजारबाट ७ किमी दक्षिणमा रहेको साबिक चुरियामाई र पदमपोखरी गाविसबीच पर्ने खहरे क्षेत्रलाई व्यवस्थापन गरी स्थापना गर्न लागिएको हो ।

...

आइतबार, २२ असोज ०७४ 

प्रतिक्रिया

Related