सन्राइज बैंकको साइकल र्याली

निर्माण सञ्चार, काठमाडौं । सन्राइज बैंक लिमिटेडले आफ्नो दशौैं वार्षिकोत्सवको उपलक्ष्यमा साइकल र्याली सम्पन्न गरेको छ ।

You and Us, Together for Environment  भन्ने मुल नाराका साथ बैंकको प्रधान कार्यालय गैह्रीधाराबाट सुरु गरिएको उक्त साइकल र्याली बैंकका संचालक समितिका संचालकहरु डा. भोगेन्द्र गँरागाई, ई. बच्छराज तातेड, श्री ज्योति कुमार बेगानी, श्री दीपक नेपाल र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्यले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

बैंकद्वारा आयोजित उक्त  र्याली मा नायब महाप्रबन्धकहरु श्री आशा राणा अधिकारी, श्री अपछ कुमार यादब साथै बैंकका कर्मचारीहरु एवं अन्य ग्राहकबर्गहरुको सहभागिता थियो ।

बैंकको प्रधान कार्यालय गैह्रीधाराबाट सुरु भएको र्याली चावाहिल, महाराजगंज, कमल पोखरी, कलिका स्थान, न्यूरोड, कालीमाटी, बल्खु, कीर्तिपुर, पाङ्गा, धोबीघाट, पुुल्चोक, गाःबहाल, शंखमुल, तिनकुने, शान्तिनगर, गौशाला हुदैँ पुनः गैह्रीधारामा आएर समापन भएको थियो ।

बैंकले आफ्नो दशौैं वार्षिकोत्सवको अवसरमा महिनाभरि नै देशव्यापी रुपमा सामाजिक कार्यहरु आयोजना गर्ने जनाएको छ ।

 

 

...

आइतबार, २२ असोज, ०७४

 

प्रतिक्रिया

Related