बन्दै गरेको घर धितो राखेर भूकम्प पीडितले ३ लाख निर्ब्याजी ऋण पाउने !

‘माओवादीलाई सरकारबाट हटाउने काँग्रेसको प्रयास’
निर्माण सञ्चार, काठमाडौं | भूकम्प पीडितले सरकारी अनुदानमा बन्दै गरेको घर धितो राखेरे थप ३ लाख निर्ब्याजी ऋण पाउने भएका छन् ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सामुहिक जमानीमा निर्ब्याजी ऋण उपलब्ध गराउने कार्यविधि संशोधन गरेको हो ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार अब धितो जमानीबाट निर्ब्याजी ऋण उपलब्ध गराइनेछ ।

सरकारले भूकम्प पीडितहरुलाई सामुहिक जमानीमा निर्ब्याजी ऋण उपलब्ध गराउने कार्यविधि बनाएको थियो ।

बैंकहरुले भने विना धितो ऋण दिन अस्वकार गरेका थिए । यसकारण सरकारले कार्यविधि संशोधन गरेर धितो जमानी राख्ने व्यवस्था गरेको हो ।

भूकम्प पीडितले सरकारको सो निर्णयसँगै बन्दै गरेको घर नै जमानीमा राखेर ३ लाख निर्ब्याजी ऋण लिन सक्नेछन् ।

यसैगरी मन्त्रिपरिषद् बैठकले राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगको दरबन्दी, संगठन संरचना पनि स्वीकृत गरेको छ । संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोग बनाउनुपर्ने हुन्छ ।

यस आयोगकै लागि आवश्यक जनशक्ति र संगठन संरचनासम्बन्धि प्रस्तावलाई सरकारले स्वीकृत गरेको हो ।

....

सोमबार, २३ असोज ०७४ 

प्रतिक्रिया

Related