चन्द्रसिंह साउद नेप्सेको जिएममा नियुक्त !

‘सुदुरपश्चिमेली साउद सोही क्षेत्रका प्रधानमन्त्री देउवाको सिफारिशमा नियुक्त’
 निर्माण सञ्चार, काठमाडौं | नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले साउदलाई नेप्सेको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन विभागका अधिकारी सम्मिलित समितिले चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र मनोज ज्ञवालीको नाम सिफारिस गरेको थियो ।

जसमध्येका सुदुरपश्चिमेली साउदलाई सोही क्षेत्रका प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा नियुक्त गरिएको हो । 

साउद नेपाल इन्स्योरेन्सका पूर्वमहाप्रबन्धक पनि हुन् ।

यस पदका लागि १३ जनाको आवेदन परेको थियो । झन्डै अढाइ महिनादेखि नेप्सेको महाप्रबन्धक पद खाली रहदै आएको थियो ।

....

सोमबार, २३ असोज ०७४

 

 

 

प्रतिक्रिया

Related