राज्यले त ‘सौतेनी हेपाइ’ गर्यो गर्यो, महाधिवेशनको नाउँमा युवा संघले पनि २ नम्बर प्रदेशलाई हेप्न मिल्छ ?’ वैद्यनाथ बाबा

सरकारमा सहभागी हुन हुने, संसद्मा भोट खसाउन हुने, तर जनताले आफ्नो प्रतिनिधि छान्न नपाउने ? विदेशी पैसामा चलेकाहरुले के देशको हित गर्थे र ?
निर्माण सञ्चार, सिरहा मौसमले मात्रै नभई २ नम्बर प्रदेश यतिबेला चुनावी सरगर्मीले पनि तातेको छ । तेस्रो चरण अन्तर्गत असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिबेला लगभग सबै दलहरुले आफ्नो ‘हेडक्वार्टर’ नै २ नम्बर प्रदेशमा थापना गरिसकेका छन् ।

काँग्रेस–माओवादी केन्द्रको गठबन्धन सरकारले योजनाबद्ध रुपले २ नम्बर प्रदेशको चुनावलाई पछि धकेलिदिएको यस प्रदेशका युवाहरुको बुझाइ छ । यसले मधेसका जनताको मनमा ठुलो चोट पुर्याएको महसुस भएको स्थानीय मधेसका युवाहरुको गुनासो छ ।

गाउँघरको भाषामा भनिएजस्तै ‘२ नम्बर प्रदेशलाई सौतेनी व्यवहार गरिएका’ रुपमा उनीहरु चित्रण गर्छन् । ठिक यही बेला युवा संघलाई पनि महाधिवेशन चाहिएको ‘कोकोहोलो’ अलि नमज्जा लाग्ने गरी बजारमा आएको छ ।

केही समयदेखि माथिल्ला पदमा ‘मनोनित’ प्रथा समेत चलाउँदै आएको संघले २–५ जनालाई नेता बनाउने नाउँमा जिल्ला र प्रदेश–अञ्चलबाट नेता बन्न लाइन लागेका दर्जनौं युवाहरुको बाटोमा काँडा तेस्र्याउने काम गरेको पत्तै पाएन ।

त्यही ‘टिके प्रथा’बाट नेता होइन्छ कि भन्ने सोचले घर गरेका ‘उपरान्त पुस्ता’मा उमेर घर्किसकेको मनोरोग विवादको कारण बनेको छ । गत वैशाखमा अधिवेशन गर्ने संघको निर्णय सरकारको पटके चुनावले सरेपछि संघ भित्र चुनाव पद पाउने र गुमाउनेहरु बिचको कुरुक्षेत्र बनेझै देखिएको छ ।

चालू वैठकको चुरो विवाद महाधिवेशन नै बनेको छ । तर संघमा थुप्रिएका बाँकी ६ प्रदेशका नेताहरुमा २ नम्बर प्रदेशको चुनावले कमै महत्त्व पाएको स्पष्ट देखिन्छ ।

यही कुरा प्रति २ नम्बर प्रदेशका युवाहरुमा भने घोर आपत्ति रहेको देखिन्छ ।

यही सन्दर्भमा कलाकार तथा जिल्ला सेनिटेसन रोलमोडेल समेत रहेका जुझारु युवा नेता वैद्यनाथ बाबा भन्छन्, ‘राज्यले त सौतेनी व्यवहार गर्यो गरयो, युवा संघले पनि त्यस्तै गर्ने हो भने २ नम्बर प्रदेशले कसको माया पाउँछ त ?’ युवा संघ सिरहा जिल्ला अध्यक्ष समेत रहेको प्रतिभाका खानी बाबा उदीयमान नेताका रुपमा हेरिन्छ ।

उनी आजसम्म महाधिवेशन नगर्दा आकास झरने भने २ नम्बर प्रदेशको चुनावकै मुखमा महाधिवेशन नगर्दा नराम्रो हैन, बरु राम्रो हुने बताउँछन् ।

संघलाई उनको प्रश्न छ, ‘किनकि यहाँका सबै साथीहरुको भनाइ नै त्यही छ । २ नम्बर प्रदेशमा प्रमुख दलहरुले जीवन मरको लडाइँका रुपमा चुनावलाई लिइरहेका छन्, हामी कलाकारहरुलाई पार्टीमा भित्राइरहेका छौं, यतिबेला महाधिवेशनको तयारी गरौं कि स्थानीय चुनावको ?’

प्रस्तुत छ, २ नम्बर प्रदेशको चुनावी सरगर्मी र युवा संघका गतिविधिमा केन्द्रित सिरहा अध्यक्ष बाबासँगको कुराकानीको संक्षेप—

ठिक यतिबेला के गर्दै हुनुहुन्छ अध्यक्षज्यू ?

कमरेड यतिबेला म गाडीमा छु । सिरहाको चुनाव प्रचार प्रसारका लागि हिडिरहेको छु । आजै ४०–५० जना जति कलाकारहरुलाई पार्टी प्रवेशको कार्यक्रम राखेको छु । त्यसैले २ नम्बर प्रदेशको चुनावमा पार्टीलाई पहिलो गराउने गरी हामी लागिरहेको अवस्था छ ।

सरकारले २ नम्बर प्रदेशलाई किन यसरी फरक गरेको होला ?

वास्तवमा विभेद भनेकै यही हो । यो विभेद अरुले गरेको नभई मधेसकै नाउँमा दुकान चलाइरहेकाहरुले नै गराएको विभेद हो । उनीहरुले सरकारमा सहभागी हुन हुने, संसद्मा भोट खसाउन हुने, तर जनताले आफ्नो प्रतिनिधि छान्न नपाउने ? विदेशी पैसामा चलेकाहरुले के देशको हित गर्थे र ?

उनीहरुलाई त मधेसी जनताले कहिलै पनि सुख नपाउन्, यहाँ गरिबी र अशिक्षा बढिरहोस्, यिनले अधिकार नपाउन्, यतिकि नागरिकता पनि नपाउन् भन्ने भावना बोकिरहेका छन् ।

किनकि मधेसका जनता शिक्षित भएको दिन, सचेत भएको दिन यिनीहरुको दुकान चल्नेवाला छैन । उनीहरुको जमिनदारी राजनीति पनि बन्द हुनेवाला छ ।

यहाँ रहेको समस्या समाधान किन नभएको होला त ?

कसरी हुने त समाधान भन्नुस् त । आफ्नो घरको झगडामा छिमेकीलाई ल्याएर मिसाएको छ । उसले हाम्रो कमजोरीबाट फाइदा लिन खोजिरहेको देखिन्छ ।

यो कुरा यिनीहरुले बुझी बुझी बुझ पचाएको देखिन्छ । नागरिकताका नाउँमा पारितिरकालाई नागरिकता दिने खेती रोकियो भने उनीहरुको मुद्दा पनि त सकिन्छ ।

त्यसैले उनीहरु हाम्रो तिलाठीमा भारतको बाढी र भेल पस्दा समेत बोल्दैनन्, किन ? उनीहरु मधेसको गरिबी, पछौटेपन, भोक र दुखमाथि रजाइँ गरिरहन चाहन्छन् ।

समस्या मिलाउन त आफू आफू मिलेर भित्र सल्लाह गर्ने बस्ने हो, तर यिनीहरु समस्या सुल्झाउनै चाहन्नन् । नत्र किन यिनीहरु भारतीय दूतावास धाउँछन् ।

आफ्नो बुद्धिले चले पो समस्या सुल्झिन्छन् त ।

मधेसमा खासमा के गर्नु पर्ला ?

एकदम राम्रो प्रश्न गर्नु भो । एक शब्दमा भन्ने हो भने, विकास गर्ने हो नि मधेसमा । जस्तै केपी ओली सरकारले जसरी नै सदरमुकाहरुमा बाटो पुगाउने विकास गर्नु पर्छ ।

चिनी कारखाना कहाँ गयो भन्नुस् त । त्यसैले यहाँ उद्योग, कलकारखाना चाहिएको हो कि, भएको पनि बन्द गर्नु परेको हो ? त्यसैले यो चुनावमा काँग्रेसले मधेसलाई डुबाएको हो भनेर जनतालाई चिनाउने अभियानमा लागेको छु म त 

स्कुलहरु खोल्ने, गरिबहरुलाई सजिलो गरी पढ्ने अवसर दिलाउनु पर्छ । वृद्धवृद्धाहरुलाई सामाजिक रुपमा सुरक्षा दिन सक्नु पर्छ ।

स्वास्थ्यबाट वञ्चित नेपालका मधेसी दाजुभाइ दिदी बहिनीहरुलाई आवासदेखि रोजगारसम्म दिनु पर्यो नि । युवाहरुलाई रोजगारी चाहियो ।

आखिर अवसर दिने हो नि, यो भएन र ऊ भएन भन्ने बाहना बनाएर त मधेसको विकास रोक्न खोजेको त हो नि । मधेस अन्नको भण्डार हो, यहाँ जलको सिँचाइ दिनु पर्छ ।

विगतमा काँग्रेसी सरकारले विराटनगर जुट मिला बन्द गरायो, सुरु गर्नु परो । उद्योग कलकारखाना चल्नु पर्छ । जनकपुर चुरोट कारखाना उनीहरुले नै सिद्ध्ए ।

चिनी कारखाना कहाँ गयो भन्नुस् त । त्यसैले यहाँ उद्योग, कलकारखाना चाहिएको हो कि, भएको पनि बन्द गर्नु परेको हो ? त्यसैले यो चुनावमा काँग्रेसले मधेसलाई डुबाएको हो भनेर जनतालाई चिनाउने अभियानमा लागेको छु म त ।

पछिल्ला दिनमा आएर हेर्दा त संविधान संशोधन पनि काँग्रेसको योजना रहेछ, मधेसी मोर्चाको माग पनि काँग्रेसका माग रहेछ जस्तो देखियो त ?

हो नि, पक्कै हो । किनभने मधेसमा वास्तवमै काँग्रेस बढारिनेवाला थियो । उसलाई ठुलो डर लाग्यो कसरी मधेसमा चुनाव जितिरहने ?

जनतालाई विकास नदिने तर चुनाव सधै जितिरहनु पर्ने काँग्रेसी सोचलाई एमालेले चिरिसकेको थियो । त्यही डरले उसले भारतसँग खेती गर्यो ।

मधेसी मोर्चा फोर्चाका नाउँमा दोहोरो धन्दा गरिरहेको देखिन्छ । यी सबै काले काले मिलेर खाउँ भाले भन्ने उखान छ नि, त्यही गरिरहेको छ ।

यिनीहरुलाई मधेसको विकास प्रति कुनै चिन्ता छैन । मधेसका जनतालाई देखाएर, भोट लुटेर सत्ताको भोग विलास गर्नु त रहेछ । काँग्रेसले नै त हो देश र मधेस दुवै बिगारेको !

युवा संघबारे कुरा गरौँ, महाधिवेशन कहिले हुँदा ठिक होला त ?

यतिबेला महाधिवेशन ठुलो मुद्दा जस्तो बनेको देख्छु । केन्द्रमा बस्ने युवा साथीहरु महाधिवेशन भनेर हल्ला गर्नु भन्दा यो २ नम्बर प्रदेशमा आएर चुनाव प्रचार गर्न सहयोगी बन्नु भए कति राम्रो हुने थियो होला ?

के चुनाव जित्दा पार्टीले जित्ने र हार्दा पनि पार्टीको नोक्सान हुने हैन र ? अनि अरु प्रदेशको चुनाव हुदा चाहिँ चुनाव सर्दा पनि भयो, २ नम्बर प्रदेशको चुनावका बेलामा चाहिँ संसारै डुबेझैं गर्नु पर्ने हो ?

आजसम्म नगर्दा आकास झरेको छ र ? अब २ नम्बर प्रदेशको चुनावकै बेलामा महाधिवेशन चाहिने भनेको सुन्दा कस्तो लाग्छ भने सरकारले पनि हाम्रो प्रदेशलाई हेप्यो हेप्यो ।

केन्द्रमा बस्ने युवा साथीहरु महाधिवेशन भनेर हल्ला गर्नु भन्दा यो २ नम्बर प्रदेशमा आएर चुनाव प्रचार गर्न सहयोगी बन्नु भए कति राम्रो हुने थियो होला ? के चुनाव जित्दा पार्टीले जित्ने र हार्दा पनि पार्टीको नोक्सान हुने हैन र ?

हाम्रो संघले पनि माया नगर्ने हो भने हामीलाई कसले माया गर्छ भन्नुस् त । त्यसैले नेता कमरेडहरुले पद पाउन मात्रै होइन, मधेसलाई माया गरेको अनुभूति हुने गरी अहिले चुनाव अनि पछि अधिवेशन गर्दा हुन्छ भन्ने यहाँका साथीभाइको पनि चाहना छ कमरेड ।

के होला त चुनावी परिणाम ?

हामी रातदिन नभनी प्रचारमा छौं । सिरहमा हामी १ नम्बर नै हुन्छौं । धनुषा पनि राम्रो छ । म यतिबेला जनकपुरको कार्यक्रममा छु ।

कलाकारलाई प्रवेश गराउने कार्यक्रम रहेको छ । रौतहट पनि कमजोर छैन । सप्तरी र आसापासमा मोर्चा र उपेन्दजीसँग प्रतिस्पर्धा होला कि जस्तो छ ।

माओवादी, काँग्रेस र राप्रपाले त घर नै यही बनाएर बसेको छ । माओवादीको मातृका यादवले दोहोरो रोल खेलिरहेको छ ।

जे होस् समग्रमा ८ ओटै जिल्लामा हाम्रो प्रतिस्पर्धा मोर्चा र काँग्रेससँग हो । नेताहरु एकजुट हुनु पर्छ ।


 

अघिल्लो ओली सरकारले मधेसका नाउँमा गरेका कार्यक्रम बोकेर युवा संघका नेताहरु तराई आउनुस् भन्न चाहन्छु म यतिबेला । अरु हल्ला गरेर के पाउँछ ?

२ नम्बर प्रदेशमा आएर हप्ता दिन बसौं, अभियान गरौं त पार्टी त सबैभन्दा पहिलो हुन्छ हुन्छ ।

 

 

...

शुक्रबार, २० साउन, ०७४

 

 

प्रतिक्रिया

Related