बहुविवादित ‘चिकित्सा शिक्षा विधेयक’ संसदीय समितिबाट पारित

सर्प पनि नमर्ने लाठी पनि जोगिने बाटोबाट ‘मनमोहन मेडिकल’ र डा केसी दुवैको हित सम्बोधन
निर्माण सञ्चार, काठमाडौं । बहुविवादित चिकित्सा शिक्षा विधेयक संसदको महिला बालबालिका तथा समाजकल्याण समितिबाट शुक्रबार पारित भएको छ ।

सम्भवतः यही विधेयकले ११ औं पटकसम्म अनसनरुपी यज्ञमा बस्न बाध्य बन्दै आएका डा गोविन्द केसीले अब नयाँ शिराबाट आफूलाई अगाडि बढाउने छन् ।

बिहीबारै ‘लगभग पारित’ भइसकेको विधेयकमाथि पुनः विवाद बढेपछि शुक्रबारका लागि छलफल गर्न बोलाइएको थियो ।

विधेयकले डा केसीका माग र मनमोहन मेडिकल कलेज दुवैका मागलाई बिचौं बिचको बाटोबाट समाधान निकालेको समितिका सदस्यहरुको दाबी छ ।

डा केसीले राखेका माग सम्बोधन गर्ने गरी केदारभक्त माथेमा आयोगले सरकारलाई दिएको माग पनि थप गर्दै विधेयक पारित गरिएको समितिले बताएको हो ।

हिजै टुंगिसकेको विधेयकमा ‘नयाँ ऐन अनुसार गठन हुने चिकित्सा शिक्षा आयोगले बनाउने मापदण्ड पूरा गरे मात्र सम्बन्धनका लागि बाधा नपर्ने’, वाक्य थप गरी पारित भएको छ ।

बिहीबार पारित गर्ने भन्ने बेलामा मस्यौदामा ‘यअसघि निरीक्षण प्रतिवेदनका आधारमा सबैलाई स्वीकृति दिन बाधा नपर्ने’ भन्ने व्यवस्था थियो ।

Related Headline for more information click below

डा केसी भर्सेज चिकित्सा शिक्षा विधेयक ? अथवा ‘मनमोहन’ भर्सेज मेडिकल माफिया ?

पारित विधेयकमा सो बुँदा परिवर्तन भएको हो । पारित विधेयकमा ‘चिकित्सा शिक्षा कार्यदलको भावना र मर्म भन्ने’ वाक्य थपिएको छ।

थप के के ?

विधेयकअनुसार सरकारी मेडिकल कलेजमा ५० प्रतिशत सिट अनिवार्य रुपमा निःशुल्क हुनेछ । अहिले मेडिकल कलेजहरुले आफूखुशी शुल्क असुल्दै आएका छन्।

विधेयकमा व्यवस्था गरिएको चिकित्सा शिक्षा आयोगले मेडिकल शिक्षाको शुल्क तय गर्नेछ। आयोगले तोकेको शुल्क तलमाथि गर्ने मेडिकल कलेजलाई खारेज गर्नेसम्मको अधिकार आयोगलाई हुनेछ।

समितिमा उपस्थित भएका उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले समितिबाट विधेयक पारित भएसँगै नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य जनशक्ति उत्पादनमा नयाँ अध्यायको प्रारम्भ भएको बताए।

छलफलमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल उपस्थित थिए। समितिमा यो विधेयक ९ महिनादेखि छलफलमा थियो। डा।केसीले विधेयक पारित नगरी अनसन नतोड्ने पक्षमा छन्।

 

 

...

शुक्रबार, २७ साउन, ०७४

 

प्रतिक्रिया

Related