ओली सरकारसँग भएको ‘पेट्रोलियम, ग्यास तथा खानी अन्वेषणको सर्वेक्षण’को समझदारीपत्रमा आज हस्ताक्षर हुने

देउवालाई सचेत गराउन चिनिया उपप्रधानमन्त्रीको नेपाल भ्रमण
निर्माण सञ्चार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणकै मुखमा चिनिया उच्च अधिकारीबाट भएको नेपाल भ्रमणलाई भारतले गम्भीर चासो प्रकट गरेको छ ।

कूटनीतिक वृत्तमा गम्भीर चासोको विषय बनिरहेको छ ।

दोक्लाम मुद्दामा चीनसँग चिसो सम्बन्ध बनिसकेको भारत, त्यसमा पनि भारतकै प्रभावमा नेपालमा सरकार फेरबदल समेत हुन्छ भन्ने सन्देश विश्वस्तरमै गइरहेको अवस्थामा चिनिया सक्रियता गम्भीर चासोको विषय बन्नु अन्यथा मान्न नसकिने विज्ञहरु बताउँछन् ।

नेपालको प्रधामन्त्री बन्ने बित्तिकै भारत भ्रमण गर्न मरिहत्ते गर्ने नेपाली नेताहरुको परम्परा छ ।

दोक्लाम विवाद कायम रहेकै बेला प्रधामन्त्री देउवाले भारत भ्रमण गर्न उचित नहुने सुझाव कूटनीतिक वृत्तबाट दिइरहेकै बेला त्यसको परवाह नगरी देउवा भारत भ्रमणका लागि खुट्टा उचालिरहेका छन् ।

यस्तो अवस्थामा चिनियाँ राष्ट्रपतिका विशेष दूतका रुपमा चिनियाँ उपप्रधानमन्त्री वाङ याङ तीन दिने औपचारिक भ्रमणका लागि सोमबारदेखि नेपालमा छन् ।

संयोग हो वा नियोजित, यो भ्रमण पनि राष्ट्रपति सीले दक्षिण एसियाली भ्रमणको जुन डिजाइन तयार गर्दै गत वर्ष भारतमा भएको ब्रिक्स वैठकमा बंगलादेशबाट नेपाल आउने कार्यक्रम रद्द गर्दै भारत गएका थिए, ठिक त्यसरी नै चिनियाँ उपप्रधानमन्त्री याङ पाकिस्तानबाट नेपाल आएका छन् ।

यसमा भारतीय चासो झनै बेजोडको रहेको छ ।

चीनको चाह— ‘डोक्लाम विवादमा नेपालको तटस्थता यथावत रहोस्’

पटक पटक हुने भन्दै सर्दै आएको चिनिया राष्ट्रपति सीको भ्रमण हुन नसके पनि चिनिया उच्च अधिकारीबाट नेपाल भ्रमण भने हुन छाडेको छैन ।

चिनियाँ उपप्रधानमन्त्री याङको यस भ्रमण क्रममा चीन नेपाललाई कुनै गम्भीर सन्देश दिने गरी आएको विश्लेषकहरुले बताइरहँदा दुई देश बिच तीन मुख्य विषयमा सम्झौता तयारी समेत परराष्ट्र मन्त्रालयले गरेको छ ।

चीनले डोक्लामा मुद्दामा नेपालको तटस्थता कायमै रहोस् भन्ने चाहना राखेको छ ।

जानकार कूटनीतिक स्रोतका अनुसार, नेपालले डोक्लाम मुद्दामा यतिबेला लिएको पोजिसनलाई चीनले सकारात्मक रुपमा लिएको छ ।

नेपालले डोक्लाम मामिलामा तटस्थता कायमै राखोस् भन्ने आग्रह गर्नु पनि चिनियाँ उपप्रधानमन्त्री वाङ याङको जारी नेपाल भ्रमणको एउटा एजेन्डा रहेको भ्रमणबारे जानकार एक कूटनीतिक अधिकारीले बताए ।

ओली सरकारसँग भएको पेट्रोलियम तथा खानी उत्खननका लागि अध्ययन समझदारीमा हस्ताक्षर हुने

स्रोत अनुसार आज पुनर्निर्माणका लागि एक अर्ब चिनियाँ आरएमबी अनुदान सहयोगको सम्झौताको तयारी भएको छ भने अन्य एजेन्डामा आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा पनि सम्झौता हुने छ ।

चीनले नेपालको विकास र स्थायित्व चाहन्छ भन्ने स्पष्टै छ ।

उसले रेलवे पूर्वाधार सहित आफ्नो प्रस्ताव ओबर परियोजनामा पनि नेपालसँग सहकार्य गरिरहेकै छ ।

ओली सरकारका पालामा भएको पेट्रोलियम पदार्थ, ग्यास र खानी अन्वेषणका लागि सर्वेक्षण गर्ने सम्बन्धी समझदारीपत्रमा चीन र नेपाल बिच आज हस्ताक्षर हुने कार्यक्रम रहेको स्रोतले बतायो ।

साथै नेपालमा चिनियाँ लगानी भित्र्याउनेसम्बन्धी समझदारीपत्रमा समेत नेपाल र चीनले हस्ताक्षर गर्ने तयारी रहेको परराष्ट्र स्रोतले बतायो ।

चीनको सक्रियता बढेको आरोपसँगै ‘आफ्नो सुरक्षाका लागि नेपालसँग फरक भूमिका’ खेलिरहेको भारतले ले डोक्लम समस्याबारे नेपालले तटस्थ कायमै राखोस् भन्ने चाहना राखेको छ ।

जानकार कूटनीतिक स्रोतका अनुसार नेपालले डोक्लम मुद्दामा यतिबेला लिएको पोजिसनलाई चीनले सकारात्मक रूपमा लिएको छ ।

नेपालले डोक्लम मामिलामा तटस्थता कायमै राखोस् भन्ने आग्रह गर्नु पनि चिनियाँ उपप्रधानमन्त्री वाङ याङको जारी नेपाल भ्रमणको एउटा एजेन्डा रहेको भ्रमणबारे जानकार एक कूटनीतिक अधिकारीले अन्नपूर्णलाई बताए ।

प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणमा डोक्लम समस्याबारे छलफल तथा भ्रमणपछि आउने संयुक्त वक्तव्यमा उल्लेख नहोस् भन्ने चिनियाँ चाहना देखिएको अधिकारीहरू बताउँछन् ।

देउवालाई सचेत गराउन चाहन्छ चीन

गत वर्ष स्वतन्त्र तिब्बतका लागि भारत सरकारले दलाइ लामा समेत उपस्थित रहेको कार्यक्रममा गएर विवादित बनेका प्रधानमन्त्री देउवालाई सचेत गराउन भारत भ्रमण पूर्व नै चिनिया अधिकारीको भ्रमण भएको भित्री रहस्या हो ।

त्यसैले चीनले प्रम देउवाको आसन्न भारत भ्रमणमा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहालले झैं गरी भारतीय सुरक्षा छाता मुनि नेपाल राख्ने र दोक्लाम समस्यामा भारतको पक्षमा नेपाल उभिएको सन्देश नेपालको प्रधानमन्त्रीबाट नहोस् भन्ने चिनिया स्वार्थ रहेको विज्ञ बताउँछन् ।

‘डोक्लम चीनको भूभाग हो । चीनले सडक बनाउँदै गर्दा भारतीय सैनिकले हस्तक्षेप गरी निर्माण कार्यमा अवरोध गरेपछि मात्र डोक्लममा तनाव देखिएको हो ।

नेपालले यस मामिलामा आफ्नो तटस्थ नीति कायम राखोस् र प्रधानमन्त्री देउवाको भारत भ्रमणमा यो मुद्दा नबनोस् भन्ने चीन चाहन्छ’, एक चिनियाँ अधिकारीले सोमबार भनेको अन्नपूर्णले लेखेको छ ।

ती चिनियाँ अधिकारीले चीनले नेपालसँग डोक्लम मुद्दामा नेपालको समर्थन नखोजेको बताए ।

चीन र भुटानबीच डोक्लम क्षेत्रमा देखिएको सीमा विवादमा भारतीय सैनिक हस्तक्षेपपछि उत्पन्न तनावले चरम रूप लिएसँगै चीन र भारतबीच सीमायुद्ध हुन सक्ने आशंका व्याप्त भएका बेला चिनियाँ उपप्रधानमन्त्रीको नेपाल भ्रमण भएको छ ।

डोक्लममा चीन र भुटान दुवैको दाबी छ ।

चिनियाँ सेनाले दुई महिनाअघि डोक्लम क्षेत्रमा सडक निर्माण गरिरहँदा भारतले सेना प्रयोग गरी रोकेपछि चीन र भारतबीच तनाव बढेको छ ।

चिनिया अधिकारीका अनुसार उनीहरुले यस विवादमा कुनै पक्षको पनि समर्थन नगरेकाले नेपालले पनि कसैको पक्षमा उभनि जरुरी नभएको बताएका छन् ।

काठमाडौं भ्रमणका थप पक्ष

नेपालको तीनदिने औपचारिक भ्रमणमा सोमबार साँझ काठमाडौं आइपुगेका चिनिया उपप्रधानमन्त्री याङलाई पर्यटन तथा संस्कृतिमन्त्री जितेन्द्र देवले उपप्रधानमन्त्री वाङ नेतृत्वको २१ सदस्यीय चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डललाई त्रिभुवन विमानस्थलमा ६ः१५ बजे स्वागत गरेका थिए ।

चीनबाट झन्डै ६ वर्षपछि उच्चस्तरीय भ्रमण भएको हो ।

तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जिया वाओले सन् २०१२ जनवरी १४ मा नेपालको संक्षिप्त भ्रमण गरेका थिए । त्यसयता चीनबाट मन्त्री स्तरभन्दा माथिल्लो तहको नेपाल भ्रमण भएको थिएन । वाङसँग दुई जना उपमन्त्री, एक सहायकमन्त्री, दुई चिकित्सक, एक सुरक्षा अधिकारीसहित २१ जना छन् । चिनियाँ उपप्रधानमन्त्रीलाई होटल सोल्टीमा बस्ने व्यवस्था मिलाइएको छ ।

उनले सरकारका वरिष्ठ उपप्रधानमन्त्री विजय गच्छदारसँग मंगलबार मध्याह्न होटल सोल्टीमा औपचारिक द्विपक्षीय वार्ता गर्दै छन् ।

त्यसलगत्तै भ्रमणमा चीनले नेपाललाई सहयोग उपलब्ध गराउनेसम्बन्धी तीन समझदारीपत्रमा बुधबार हस्ताक्षर हुनेछ ।

गच्छदारले चिनियाँ उपप्रधानमन्त्रीको सम्मानमा दिवाभोज दिनेछन् ।

ओलीसँग सोल्टीमा

मंगलबारै वाङले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग होटल सोल्टीमा भेट्नेछन् ।

बुधबार बिहानदेखि कीर्तिपुरस्थित नेसनल आयुर्वेदिक रिसर्च सेन्टर भ्रमण, उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघका पदाधिकारीसँग भेटवार्ता तय भएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीसँग

राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार अपराह्न शिष्टाचार भेटवार्ता तय भएको छ । बिहीबार बिहान वाङ बेइजिङ फर्किनेछन् । ८ः३० बजे परराष्ट्रसचिव शंकरदास बैरागीले चिनियाँ उपप्रधानमन्त्रीलाई विमास्थलमा बिदाइ गर्नेछन् ।

कूटनीतिक यात्राका ६२ वर्ष

नेपाल-चीनबीच ६२ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएयता राजनीतिक, आर्थिक, रणनीतिक, सांस्कृतिक र सामाजिक सम्बन्धले नयाँ गति लिइरहेका बेला चीनबाट उच्चस्तरीय भ्रमण भएको छ।

पाकिस्तानको ७० औँ स्वतन्त्रता दिवस समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भई उनी चार्टर्ड फ्लाइटबाट काठमाडौं उत्रिएका हुन् ।

विमानस्थलबाट चिनियाँ प्रतिनिधिमण्डल होटल सोल्टी पुगेको थियो । सरकारले चिनियाँ प्रतिनिधिमण्डलका लागि उच्च सुरक्षा व्यवस्था मिलाएको छ ।

वाङले बुधबार बिहान वसन्तपुरस्थित नौतले दरबार पुनर्निर्माणको शिलान्यास गर्नेछन् । भूकम्पले क्षतिग्रस्त वसन्तपुर दरबारको पुनर्निर्माणका लागि चीनले अनुदान सहयोग उपलब्ध गराइसकेको छ ।

द्विपक्षीय वार्तामा चीनले अघि बढाएको बेल्ट एन्ड रोड अवधारणाको फ्रेमवर्कभित्र रही सहकार्य अघि बढाउन सहमति नेपाल(चीनबीच भए पनि त्यसको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल हुने अधिकारीले बताए ।

नेपाल मे १२ मा बेल्ट एन्ड रोड अवधारणाको साझेदार बनेको थियो ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पालामा हस्ताक्षरित पारवहनलगायत १० सम्झौता कार्यान्वयनबारे पनि छलफल हुनेछ ।

चिनियाँ उपप्रधानमन्त्रीको भ्रमणमा बेल्ट एन्ड रोड अवधारणाअनुसार नेपालमा पूर्वाधार विकास, चिनियाँ लगानी भित्र्ययाउन, पर्यटन प्रवद्र्धन, कृषि र वाणिज्य क्षेत्रमा सहकार्य गर्नेलगायत आधा दर्जन विषयमा छलफल हुनेछ ।

 

...

मंगलबार, ३१ साउन, ०७४

 

प्रतिक्रिया

Related