निगमका अधिकारीले यसरी दिदैँछन् जग्गाधनीलाई धम्की !

निर्माण सञ्चार,काठमाडौँ | जग्गा किनेका एजेन्टले नेपाल आयल निगमका उच्च अधिकारीसँगको मिलोमतोमा जग्गाधनीलाई बेचेको वास्तविक मूल्य नबताउन दबाब दिन थालेका छन् ।

निगमले सरकारी मूल्यांकन तथा चलनचल्तीको मूल्य भन्दा निकै महँगोमा जग्गा किनेर करौडौं रुपियाँ घोटाला गरेपछि उक्त जग्गा हेर्न संसदीय समिति अनुगमनमा आउने बिचौलिया मार्फत् आफूले बेचेको जग्गाको सही मूल्य नभन्न धम्की दिएका हन् ।

यता झापामा जग्गा किन्ने क्रममा अधिकांश जग्गाधनीलाई निगमले अतिरिक्त रकम दिएर दोब्बरभन्दा बढी मूल्यको कागजातमा हस्ताक्षर गराएको खुलेको छ ।

वास्तविक मूल्यबारे कसैलाई पनि नबताउने सर्तमा राज्यकोषको लाखौं रकम खर्चेको आयल निगम नेतृत्वले सञ्चार माध्यमसँग कुरा खोल्न थालेका जग्गाधनीलाई चुप बस्न भनेका छन् ।

चलनचल्तीको मूल्य भन्दा दोब्बर मूल्यमा जग्गा किनबेच भएको देखाएर करौडौं रकम घोटला भएको आरोप खेपिरहेको आयल निगम नेतृत्वले जग्गाधनीको मुख थुन्न राज्यकोषको अतिरिक्त रकमसमेत खर्चेको हो ।

त्यसरीनै जग्गा बिक्रि गर्दा पनि अतिरिक्त पैसा बुझेकै कारण जग्गधनी मौन बसेका छन् । लामो अनुरोध गरेपछि केहीले भने केही कुरा खोलेका छन् ।

जग्गा खरिद गर्दा सुरुमा तय भएको मूल्यभन्दा धेरै बढी रकम पास गर्ने बेलामा देखाउनकै लागि दलालले जग्गाधनीलाई अतिरिक्त पैसा दिएको जग्गा बिक्रि गरेका झापा चारआलीका बासिन्दाहरुले बताए ।

यसैक्रममा सुरुमा ६ लाख रुपियाँ कट्ठामा मोल छिनेको जग्गा मालपोतमा कागज मिलाउने बेला साढे १३ लाखको बनाएको र त्यसका लागि उनीहरुले प्रतिबिघा २ लाख रुपियाँ बढी दिएर लिखितमा हस्ताक्षर गराएका थिए ।

आयल निगम नेतृत्वले कसैलाई पनि वास्तविक मूल्यबारे नबताउने सर्तमा खर्चेको राज्यकोषको लाखौं रकमबारे सञ्चार माध्यमसँग मुल खोल्न थालेका जग्गाधनीलाई धम्काउन सुरु गरेको छ ।

हाल जग्गा खरिदको अगुवाइ गर्ने दलाल तथा आयल निगमकै कर्मचारीका नाममा गाउँलेलाई नियमित जसो धम्की आउने गरेको छ ।

जग्गा खरिद गर्दा भएको करोडौं घोटलाबारे निरन्तर नयाँ तथ्य सार्वजनिक हुन थालेपछि र संसदीय समितिहरुले समेत उच्च चासो देखाएपछि आयल निगम नेतृत्व र दलालले जग्गाधनीलाई मुख नखोल्नुभन्दै धम्काउन थालेका हन् ।

यस्ता धम्की आउन थालेपछि जग्गधनी पनि बोल्न डराएका छने ।

एक जग्गधनीका अनुसार काठमाडौंको ल्यान्डलाइन नम्बरबाट जग्गा विवाद उल्टिन सक्छ, कोहीसँग पनि यसबारे नबोल्नू भनि फोन आएको छ ।

जग्गाबारे सोध्दा जग्गा धनी आक्रोशित देखिन थालेका छन् भने शक्तिशाली मानिएका भर्खरै निर्वाचित जनप्रतिनिधिसमेत यसबारे बोल्न मानिरहेका छैनन् ।

जग्गाधनीलाई बिघामा २– ४ लाख रुपियाँ बढी दिएर मूल्यको लिखित बनाइ अझै उनीहरुलाई यस बारे कसैलाई नभन्न समेत निगमले फकाएको मेचिनगर –१३ का एक जनप्रतिनिधिले बताए ।

उनले जग्गा खरिदमा ठूलै चलखेल भएको जानकारी दिए ।

 

...

मङ्गलबार , ३१ साउन, ०७४


फोटोः नेपाल साप्ताहिकबाट,

प्रतिक्रिया

Related