श्यामल साहित्य सन्ध्याबाट सम्मानित हुने, शनिबार १ बजे नाचघरमा सन्ध्याको निम्तो

निर्माण सञ्चार, काठमाडौं । २०३३ सालमा राजविराजबाट बामे सरेको साहित्य सन्ध्या २०७४ अर्थात् ३० को दशकदेखि यात्रा गर्दै ७० को दशकमा आइपुग्दा जनकवि श्यामल सम्मानित हुने भएका छन् ।

पञ्चायती निरंकुशता विरोधी साहित्यिक साझा मञ्च बन्दै आउने क्रममा २०३९ सालबाट काठमाडौं राजधानीमा जम्दै आएको सन्ध्याले २०४३ सालबाट ‘साहित्य सन्ध्या पुरस्कार’ को थालनी गरेको हो, जसद्वारा दर्जनौं स्रष्टा सम्मानित भइसकेका छन् ।

सन्ध्या जन्माउने मध्येका एक अथक साधक प्रा गंगा प्रसाद उप्रेती यतिबेला नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति छन् । कुनै बेला पारिजातको नेतृत्वमा साहित्य सन्ध्याले पञ्चायती सामन्ती दरवारिया भजनवादी साहित्यलाई नै सिर्जना मान्ने कालखण्डको विरोधको अग्रणी मोर्चा बनेको थियो यो ।

साहित्य सन्ध्या पुरस्कार छनोट समितिले २०७४ सालको साहित्य सन्ध्या पुरस्कार कवि श्यामललाई प्रदान गर्ने निर्णय गरेको समितिका संयोजक साहित्यकार जगत् प्रेक्षितले निर्माण सञ्चारलाई जानकारी दिए ।

संयोजक प्राध्यापक ‘प्रेक्षित’ रहेको सो समितिमा जयन्ती स्पन्दन र लेखनाथ गुरागाई सदस्य रहेक थिए । स्रष्टा सम्मान भने भदौ ३ गते राष्ट्रिय नाँच घरमा हुने भएको छ ।

सन्ध्याको चुल्है निम्तो उपाध्यक्ष रमेश पोखरेलले गरेका छन् ।

साहित्य सन्ध्यामाथि अनुसन्धान सम्पन्न

जनपक्षीय स्रष्टाको सिर्जना चौतारो रहेको सन्ध्या आजका साहित्यि संस्थाहरु जन्माउने प्रेरक संस्था पनि हो । विश्वमा नोबेल पुरस्कार तथा नेपालमा मदन पुरस्कारले फरक धारको प्रतिनिधित्व गर्दै पक्षपातपूर्ण प्रदान गरिरहेकै बेला जनपक्षीय स्रष्टाको पनि साहित्यमा योगदान हुन्छ है भन्ने धावा बोलेको छ साहित्य सन्ध्या पुरस्कारले ।

यसमाथि २०६८ मंसिरमा पहिलो पटक अनुसन्धान सम्पन्न भएको छ ।

त्रिवि रत्न राज्य लक्ष्मी क्याम्पसमा अध्ययनरत छात्र नवराज खतिवडाले तत्कालीन विभाग प्रमुख तथा प्रगतिवादी समालोचक प्रा हेमनाथ पौडेलको निर्देशनमा उक्त अनुसन्धान सम्पन्न गरेका थिए ।

एकेडेमिक अनुसन्धान पूरा भएपछि उक्त अनुन्धान प्रकाशित समेत गरिएको थियो ।

अनुसन्धानको आकृति

 

श्यामलबारे

कवि श्यामल, दैलेखको दुर्गम पहाडले जन्माएको स्रष्टा, पञ्चायती निरंकुशता फालेर प्रजातन्त्र भन्ने व्यवस्था ल्याएपछि जनताको ‘मुक्ति’ हुन्छ भनी कलमलाई हतियार बनाउँदै आएको स्रष्टाको नाम हो ।

व्यवस्था बदलिए पनि अवस्था भने उस्तै उस्तै रहेको नेपालमा प्रजातन्त्रदेखि गणतन्त्रसम्म र शान्तिदेखि हिंसासम्मका सबै मोडेलहरु प्रयोग भएका छन्, स्रष्टाले उठाएको युगमा धुन्धुकारी जस्ता नेताहरु पोटिला हुँदा पनि स्रष्टाको परिवारमा छोरीलाई पढाउन सक्ने हैसियत अझै विकास नभएको मुलुक भित्र पर्छ नेपालको परिवर्तन ।

परिवर्तनका लागि कलम चलाउनेहरु माथि यस्ता चुनौती छन्, सायद अबका स्रष्टाहरुको दायित्व यसर्थमा फरक रहेको कवि श्यामलको भनाइ छ ।

आफ्नो विधामा समेत अब्बल, अंग्रेजी भाषा सहित्यको समेत गहिरो अध्ययन भएका श्यामलका तत्कालीन समयमा चर्चित बनेका युगीन सिर्जना हुन्, ‘छाला’, लुतो, मैना सुनारकी आमा, संकट कालमा सहवास जस्ता कविताहरु ।

सायद ‘रातो र चन्द्र सूर्य ...’, ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ ...’ जस्ता काव्य पंक्ति त्यस बेला कवि गोपाल प्रसाद रिमाल र श्याम तमोटका कलमबाट लेखिएको थिएन भने, यिनै काव्य पंक्ति सायद यही रुपमा लेखिन्नथ्यो पनि ।

त्यस्तै, लेखनी हो कवि श्यामलको, जसले लेखेका काव्यपंक्तिहरु हेर्दा, उनले नलेखेको भए अरुले लेख्थ्यो होला र ? भन्ने प्रश्न जन्मने कविता कुँदेका छन् उनले युगका लागि ।

लामो समयदेखि कविता, निबन्धलगायत विधामा कलम चलाउँदै आएका श्यामल वर्तमान पुस्ताका जल्दाबल्दा सर्जकमा गनिन्छन् ।

उनका ‘तपाईहरु मार्फत’ २०४४, लयब्रम्ह’ २०५९ र ‘हतारमा यात्रा’ २०६८ कवितासंग्रह र ‘रित्तो गाउँ’ २०६८ निबन्धसंग्रह प्रकाशित छन् ।

उपाध्यक्ष पोखरेलले उल्लेख गरेका छन्– यी विषयमा २०४३ सालदेखि अविच्छिन्नरूपमा राष्ट्रिय स्तरमा नेपाली प्रगतिवादी साहित्यको उत्थानमा समर्पित भई योगदान गरिरहेका एक जना साहित्यकारलाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण भइरहेको र २०७० सालदेखि ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको अनि दुइटै पुरस्कारको राशि रु १०,०००।, १०,०००।– रहेका पुरस्कार यस वर्ष वरिष्ठ प्रगतिवादी कवि श्यामल अधिकारी र मेधावी छात्रा सविता राणालाई अर्पण गरिने जनाकारी सन्ध्याले दिएको हो ।

 

 

...

शुक्रबार, २ भदौ, ०७४

 

प्रतिक्रिया

Related