विकास समितिको निर्देशन–सबै ट्याक्सीमा मिटरसहित बिल प्रिन्टिङ सिस्टम अनिवार्य

७ वटै प्रदेशमा भेइकल फिटनेश सेन्टर निर्माण गरी एक महिनामा सूचारु गर्न निर्देशन
निर्माण सञ्चार, काठमाडौं | तीन महिनाभित्र सबै ट्याक्सीमा बिल प्रिन्टिङ सिस्टम लागू गर्न संसदको विकास समितिले निर्देशन दिएको छ ।

साथै सवारीले बढी भाडा असुले उजुरी गर्न टोल फ्री नम्बरको समेत व्यवस्था गर्न भनेको छ ।

सोमबार समितिले यातायात व्यवस्था विभाग, नापतौल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका अधिकारीहरुलाई बोलाएर मिटर ट्याक्सीबारे छलफल गरेको थियो ।

ट्याक्सी ड्राइभरले अस्पताल, विमानस्थलमा मोलमोलाई गर्ने गरेको भन्दै बैठकले यसलाई अन्त्य गर्न निर्देशन दिएको छ ।

साथै ट्याक्सीले मिटरमा जान नमाने वा सवारी साधनले बढी भाडा लिए उजुरी गर्न टोल फ्री नम्बर राख्न समितिले यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीलाई भनेको छ ।

यता नापतौललाई भने ट्याक्सीमा जडित मिटर परीक्षण गर्ने र ट्याक्सीको मिटर भ्यालिडिटी सर्टिफिकेसन गरेर मिटरको गुणस्तरीयता कायम गर्न भनेको छ ।

यसैक्रममा विकास समितिले ७ वटै प्रदेशमा भेइकल फिटनेश सेन्टर निर्माण गरी एक महिनामा सूचारु गर्न भनेको छ ।

उपत्यकामा बिग्रिएका ट्राफिक लाइट ममर्त गर्न र नभएका ठाउँमा एक महिनाभित्र जडान गरिसक्न पनि समितिले ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ ।

...

सोमबार, ५ भदौ , ०७४

 

प्रतिक्रिया

Related