ग्लोबल एडुकेसनका नासिर खान सम्मानित

निर्माण सञ्चार, काठमाडौं । लामो समयदेखि शिक्षा क्षेत्रमा कार्यरत इन्स्टिच्युट ग्लोबल एडुकेसनका सेन्टरका नासिर खान सम्मानित भएका छन् ।

फोकस नेपालले राजधानीमा आइतबार आयोजना गरेको एक कार्यक्रम बिच लामो समयसम्म एउटै क्षेत्रमा कार्यररत विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरेसँगै खान पनि सम्मानित भएका हुन् ।

प्रमुख अतिथि रक्षा मन्त्री सहभागी सो कार्यक्रममा विभिन्न २१ वटा विधाका व्यक्तिहरुलाई सम्मान पत्र दिइएको थियो ।

विभिन्न विधा छनोट मध्ये शिक्षा क्षेत्रबाट ग्लोबल एडुकेसन काउन्सेलिङ सेन्टरका कार्यकारी निर्देशक नासिर अहेमद खान सम्मानित भएको खानले निर्माण सञ्चारलाई बताए ।

खान २१ वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको ग्लोबल एडुकेसनले सेन्टरका प्रमुख पनि हुन् ।

सेन्टरले अष्ट्रेलिया लगायत यूरोपका विभिन्न देशमा विद्यार्थीलाई अध्ययनका लागि पठाउने गर्छ । ग्लोबलको अन्तर्राष्ट्रिय स्तरको इज्जत रहेको उनले बताए ।

‘हामी हरेक कुरा कानुनी रुपमा विश्वसनीय रुपले गर्छौं, दर्जनौ पुस्ता आज देशदेखि विदेशसम्मका विभिन्न उच्च ओहदामा काम गरिरहेका छन्, जसलाई देखेर हामीलाई राम्रो काम गरेको भन्दै गर्व हुन्छ,’ खानले भने ।

निर्माण सञ्चारसँग कुरा गर्दै खानले भने आफूलाई यो सम्मानले अझै जिम्मेवारी थपिएको बताए ।

ग्लोबल एडुकेसन नेपालकै नम्बर वान एडुकेसन कन्सल्टेन्सी हो, जुन सबैभन्दा पुरानो र सबैभन्दा विश्वसनीय रुपमा चल्दै आएको छ ।

 

...

मंगलबार, ६ भदौ, ०७४

 

प्रतिक्रिया

Related