बनायो चीनले विश्वकै नम्बर वान बुलेट ट्रेन, प्रतिघण्टा ४ सय किलोमिटर गुड्ने (भिडीयो सहित)

विश्वकै तीव्र गतिको बुलेट ट्रेन,एक पटकमा ५ लाख ६ हजार यात्रुलाई सेवा प्रवाह
निर्माण सञ्चार, एजेन्सी | विश्वकै तीव्र गतिमा गुड्ने बुलेट ट्रेन चीनले पुनः सञ्चालनमा ल्याएको छ ।

सन् २००८ मा बेइजिङदेखि सांघाइसम्मको यात्रामा ४० जनाको ज्यान जानेगरी दुर्घटनाग्रस्त भएको सो बुलेट ट्रेन पुनः चिनियाँ बजारमा विश्वकै तीव्र गतिमा गुड्नसक्ने गरी सञ्चालनमा आएको हो ।

विश्वमै नयाँ पुस्ताको बनाइएको फुजिङ नामको उक्त रेल प्रतिघण्टा ४ सय किलोमिटरको गतिमा गुड्नेछ ।

सो नामको ट्रेनलाई चिनियाँ इन्जिनियरहरुले पहिलो पटक आफ्नै डिजाइनमा बनाएका हुन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार पश्चिमाको लगानी र इन्जिनियरबिनै बनाएकोले यसलाई पहिलो तीव्रगतिको ट्रेनको नाम दिइएको हो ।

चिनियाँ कम्पनीले ट्रेन बनाउनमा १३ वर्षको अनुभवलाई प्रयोग गरि पहिलो पटक विश्वकै तीव्र गतिको र नम्बर वान बुलेट ट्रेन निर्माण गरेको छ ।

हेर्नुस भिडियोमा

यसअघिका विकसित मुलुक जापान, फ्रान्स, जर्मनी र क्यानाडाले भने यस्तो प्रकारका ट्रेन निर्माण गरिसकेका छन् ।

उक्त ट्रेनले सांघाइदेखि बेइजिङ जाँदा एक पटकमा ५ लाख ६ हजार यात्रुलाई सेवा प्रवाह गर्ने अपेक्षा गरेको रेलवेले जनाएको छ ।

तिव्र गतिको यो फुजिङ ट्रेन हाल २ मोडेल सीआर ४०० एफ र सीआर ४०० बीएफ रहेका छन् ।

यस सीआर ४०० एफ मोडेलको ट्रने वेइजिङको दक्षिणी रेलवेस्टेशनबाट स्थानीय समय अनुसार ११ बजेर ५ मिनेटमा खुल्नेछ भने सोही समयमा सीआर ४०० बीएफ मोडल भने सांघाइको हंककाइ रेलस्टेशनबाट बेइजिङका लागि छुट्ने पिपुल्स चाइना डोलीले जानकारी दिएको छ ।

सो ट्रेनमा यात्रा गर्ने प्रतिघण्टाको गतिमा यात्रुले ४ सय किलोमिटर यात्रा अनुभव लिन पाउनेछन् । चीनले यसअघि सन् २००८ मा ३५० किलोमिटर प्रतिघण्टा कुद्ने टे«न सञ्चालनमा ल्याएको थियो ।

....

आइतबार, ११ भदौ २०७४ 

प्रतिक्रिया

Related