‘धृतराष्ट्र’ बने मदन पुरस्कार विजेता, जगदम्बा-श्री वात्सायनका हातमा

निर्माण सञ्चार, काठमाडौं । २०७३ सालको मदन पुरस्कार घनश्याम कँडेलको ‘धृतराष्ट्र’ काव्यले पाउने भएको छ ।

२०७३ मा प्रकाशित भएका मध्ये गुठीमा प्राप्त १९५ पुस्तकबाट कँडेलको ‘धृतराष्ट्र’लाई मदन पुरस्कार पाउने ठहर मदन पुरस्कार गुठीले गरेको हो ।

मदन पुरस्कारका लागि गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा, छाउघर, तपन, दोहानको सीधा उडान, धृतराष्ट्र, प्रतिनायक, म स्त्री अर्थात आइमाई, शुक्रराज शास्त्रीको चस्मा तथा सगरमाथाको गहिराइलाई उत्कृष्ठ ९ पुस्तकका रुपमा छनौट गरिएको थियो ।

यस्तै, चर्चित कार्टुनिस्ट वात्स्यायनले भने जगदम्बा(श्री पुरस्कार पाउने भएका छन् । कुची व्यङ्ग्य विधामा दुर्गा बराललाई प्रदान गर्ने निर्णय गुठीले गरेको हो ।

गुठीको बैठकले समसामयिक विषय र विसंगतिहरुलाई कार्टुन चित्रमा छोटो र प्रभावकारी भाषिक अभिव्यक्तिको प्रयोग गरी समाचाजमा सचेतना जगाउँदै निरन्तर भाषाको सेवा गरिरहेको भन्दै वात्सायनलाई जगदम्बा-श्री प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

दुवै पुरस्कारको राशी २र२ लाख रहेको छ ।

गुठीको विज्ञप्ति

 

...

आइतबार, ११ भदौ, २०७४

 

प्रतिक्रिया

Related