चीनसँग झुक्यो भारत, हटायो दोक्लमबाट सेना, कहिले हटाउला त भारतले विराटनगरको ‘अवैध जासुस अखडा’ ?

साना छिमेकीलाई हेप्ने ‘कोलोनियल’ भारतलाई ठिक पार्न ठुलै माछो चाहिने
निर्माण सञ्चार, काठमाडौं । ठिक २ महिना १२ दिन पछि भारतीय सेनाको बलमिच्याइँ ठेगान लागेको छ । चीन र भारतका विदेश मन्त्रालयले दिएको जानकारी अनुसार हिजो सोमबार दोक्लामबाट भारतीय सेना हटेका हुन् ।

छिमेकी साना मुलुकलाई ‘ठुलो माछो’ले झै निल्नै पछि नपर्ने भारतलाई भने आफूभन्दा बलियाका अगाडि टिक्न हम्मेहम्मे परेको यो अवधिमा देखियो ।

सानालाई हेप्ने र ठुलालाई चाप्लुसी गर्ने भारतीय प्रवृत्ति ‘कोलोनियल’ चिन्तनको उपज रहेको आलोचना भइरहेकै बेला भारतले चीनलाई घुर्काउँदै आए पनि दोक्लामबाट आफ्नो सेना फर्काउन बाध्य भएको हो ।

कसरी फर्कियो त भारत ?

दुई छिमेकी चीन र भारतले आफ्नो चीनसँग जोडिएको सिमाना दोक्लाममा सैनिक परेड खेल्दै आउँदा निम्छरो भुटानलाई भने ठुलो टाउको दुखाइ भएको थियो । यसै पनि भारतकै पञ्जाबाट ग्रसित भुटानले आफ्नो पीडाबारे कुनै दुनियाँलाई गुहार भने गरेन ।

दुवै देशले आफ्नो कुटनीतिक लबिङकै माध्यमबाट सैनिक गतिविधि हटाउँदा भुटानले भने आनन्दको सास फेरेको महसुस हुन्छ ।

भारतीय सेना हटेसँगै झन्डै ३ महिनादेखि जारी भारत र चीनबीचको तनाव अन्त्य भएको ठानिएको छ ।

दुवै देशका कूटनीतिक निकायको भनाइ अनुसार चीनले विस्तार गर्दै गरेको सडकका कारण भारतको सुरक्षामा पर्नसक्ने असरको बारे भारतले कूटनीतिक च्यानलमार्फत वेइजिङलाई कन्भिन्स गर्न ठुलै प्रयास पनि गरिरह्यो ।

भारतको उक्त ‘सन्देश’पछि बेइजिङले भारतको यस्तो आशंका ‘सम्बोधन गर्ने’ वचन दिएपछि भारतीय सेना ‘ब्याक’ भएको भारतीय अधिकारीहरुको दाबी छ ।

युद्धमा परिणत होला कि भन्ने जस्तो द्वन्द्वबाट भने परिस्थिति सामान्य तर्फ बढेको देखिन्छ ।

भुटानबारे मौन

दुवै देशको मामला चर्कदै जाँदा ‘गोरुको जुधाइ बाछाको मिचाइ’ भनजस्तै पिल्सिएको छिमेकी भुटानबारे दुवै देशका अधिकारीहरुको वक्तव्य भने मौन छ ।

जबकि भारत–चीन तनावको एक अभिन्न पक्ष भुटान पनि हो ।

आक्रामक चिनिया प्रचार, भारत भने मौन

यस बिचमा दुवै पक्षले आफूलाई फरक रुपमा प्रस्तुत गरे । आफ्नो हाउसमा प्रश्न उठ्दा भने भारतीय विदशमन्त्री सुस्मा स्वराजले ‘आफूहरु पछि हट्ने’ संकेत केही हप्ता अघि दिएकी थिइन् ।

उनको भनाइ बेइजिङतिर लक्षित पनि थियो । उनले त्यतिबेलै ‘चिनिया पक्षले सडक विस्तार रोकेमा भारतीय सेना फिर्ता हुने’ खुल्ला शब्दमै बताएकी थिइन् ।

जुनसुकै परिस्थितिको मूल्यांकन गर्दा पनि दोक्लाम प्रकरणमा भारत र चीन बिच युद्ध नै हुने कुरा निकै नै कमजोर थियो नै । परिणाम पनि त्यस्तै भयो ।

तर चिनियाँ प्रचार शैली हेर्दा युद्ध मनोविज्ञान भने छरपस्ट भएको थियो । तर, भारतीय पक्ष भने युद्ध नहुने संकेतका साथ निश्चिन्त रहेको देखिन्थ्यो ।

कुन एक सन्दर्भमा भारतीय विदेश सचिव एस जयसंकरले सिंगापुरको एक कार्यक्रममा भारत र चीनको बीचमा यसखाले स्थिति पहिलो पनि भएको र असमझदारीलाई विवादमा परिणत हुन नदिने बताएका थिए ।

अझै दुविधा : घट्ट भारतको टाउकोमा

यस अघिका तनावहरुलाई हेर्दा दुईपक्षीय सहमतिले समस्या समाधान भइसकेको बुझिएको चाहिँ छैन । किनकि चीन यो मान्न तयार देखिदैन ।

उसले भारतीय सेना एकतर्फी रुपमा पछाडि हट्नुपर्ने बताउँदै आइरहेको थियो ।

भारतले भने चीनको चर्काे स्वर हुँदा धिमा स्वरमा मात्र बोलेको सुनिन्थ्यो । अझै पनि चीनले आफ्ना संरचना निर्माण जारी राख्छ कि रोक्छ भन्ने अन्योल बाँकी नै रहेको विश्लेषकहरु बताउँछन् ।

यो दुविधाको घट्टले चीनलाई हैन कि भारतलाई थिचिरहेको छ । चीन आफू भने दुविधामुक्त देखिन्छ । उसको डिप्लोमेसी नै भारतलाई कहिँ न कहिँ त्रासको घट्ट झुन्ड्याइरहू भन्नेमा ऊ सफल भएको छ ।

अझै पनि चिनिया पक्षले ‘के सोचिरहेको छ’ भन्ने भउ नै भारतीय पक्षले पाउन नसकेको बुझिन्छ ।

आखिर चीनले आफ्नै जमिनमा पूर्वाधार, बाटोको विकास गर्दा भारतले चर्काे गुनासो गर्नु पर्ने त केही थिएन । यस्ता विषयलाई बेइजिङ समक्ष सहज रुपमा वार्ता गर्ने हैसियत भने भारतसँग नरहेको स्पष्टै देखियो ।

आउँदा दिनमा दोक्लमको विषय कसरी अगाडि बढ्छ भन्ने कुरा चीन र भुटानको सम्बन्धले निर्धारण गर्ने विश्लेषक बताउँछन् ।

यद्यापि दोक्लाम प्रकरणमा भातरको मनोविज्ञान साना छिमेकीहरुका अगाडि कमजोर नदेखिने मनसायबाट समेत प्रेरित देखिन्छ ।

आखिर ठूलो देखाउन चाहने भारत आफूभन्दा ठूलोबाट भने मरिच झै चाउरिन पुगेको छ ।

जबकि, चीनलाई सामरिक गन्तव्य मान्दै युरोपियन अमेरिकन धुरीको अगुवाइ गर्ने भारतले विदेशी मनोविज्ञानलाई शिरोधार्य गर्दै नेपाल र भुटान जस्ता मुलुकहरुलाई सोही अनुसार हेप्ने र थिच्ने गर्दै आएको छ ।

पछिल्ला दिनमा भुटान भारतीय अति शोषणबाट मुक्त हुँदै गएको देखिन्छ ।

दोक्लाम प्रकरणमा चीनले त मुखै फोरेर ‘भुटानको सार्वभौम सत्ताको रक्षा चीनले गर्ने’ समेत भनिदिएपछि भारतलाई हुनसम्म भएको छ । यो भारतीय अहंमा लागेको ठूलो धक्का हो ।

कारणमध्ये एक आसन्न ब्रिक्स वैठक

सरसर्ती हेर्दा परिस्थिति सहज टुंगिएजस्तो देखिए पनि भित्री पाटो त्यति सहज देखिदैन । भारत र चीनको बीचको यतिबेलाको तनाव अन्त्य हुनुका पछाडि केही कारण भने अवश्य पनि छन् ।

मूलतः यो विवाद भारत र चीनको सीमा तथा भूभागसम्बन्धी विवाद थिएन ।

भुटानले आफ्नो भूभाग भनी दाबी गरेको भूभागमा चीन र भारत आमने सामने भएका थिए । तनाव बढ्दै गएमा युद्ध हुनसक्ने गरी दुवै देशले आफ्नो अहं बढाउँदै लगेका थिए ।

तर, भारतीय पक्षले विवाद आफ्नो हितमा नभएको सुरुमा सोचेन पछि त्यही नसोची सुखै पाएन ।

र, चीन आगामी आइतबारबाट हुने व्रिक्स (ब्राजिल, रसिया, चीन, भारत र दक्षिण अफ्रिका) सम्मेलनमा अगाडि नै यो समस्या समाधान गर्ने पक्षमा भारत रहेको बुझिन्छ ।

त्यस्तै, भारतले अर्काे के बुझेको थियो भने, चिनियाँ राष्ट्रपति पनि आफूले आयोजना गर्ने ब्रिक्स वैठकमा दोक्लम विषयले असर नगरोस् भन्नेमा थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार व्रिक्स सम्मेलनको समयमा वेइजिङ भ्रमणमा जाने कार्यक्रम तय भइसकेको छ ।

जतिबेला मोदी र सि जीनपिङको बीचमा भेटघाट हुने कार्यक्रम रहेको छ ।

यस अघिको ब्रिक्स वैठक भारतमै भएको थियो, जतिबेला भारत पाकिस्तानको तनावले १०८ डिग्रीमा तातेको थियो ।

चीनले डिप्लोमेटिक तबरले पाकिस्तानलाई भारतले समान व्यवहार गर्नु पर्ने सन्देश छाड्न सफल भएको थियो । भारतलाई यस्तो ‘ड्यासिङ’ चीनबाट पाकिस्तान, बंगलादेश र भुटानका मामलामा केही हदसम्म पुग्ने गरी गएको देखिन्छ ।

भारतले आफ्नो सेनालाई फिर्ता गराउनै पर्नेमा उसका अगाडि सेना रखेर युद्धमनोदसामा जानु भन्दा फर्काउँदा नै उसका फाइदा बढी थिए ।

सेना पछाडि फर्काउनुका पछाडिको अर्काे मुख्य कारण नै भुटान हो । किनकि भारतले आफूले चालेको कदमलाई भुटनाबाट सहर्ष स्वागत होला भन्ने सोचेको थियो ।

तर त्यसो भएन । बस, मात्र एउटा प्रेस विज्ञप्ति गरेर आफू सानो मुलुक भएपनि सार्वभौम सत्ताको उपस्थिति भने देखाएको थियो ।

भारत भुटानबारे अब नयाँ शिराबाट सोच्नै पर्ने ठाउँमा पुगेको छ । चीनको जब्बर उपस्थितिले भारतीय हेपाइबाट भुटानजस्ता साना राष्ट्रले भने राहत महसुस गरेको छन् ।

तर सुरुका दिनमा भुटानले चीनले निर्माण गर्न लागेको भौतिक पूर्वाधार बारे विरोध गरेको थियो । जब भारतीय सेना अघि बढ्यो भुटान मौन बस्यो । भुटान जस्तो निम्छरो मुलुकका लागि यो विवशता थियो ।

यतिबेला यो मुद्दाले भारत चीन बिच चीनको बार्गेनिङ क्षमता बढेको देखिन्छ । भारतले भने पनि चीनले बाटो भने रोक्नेवाला छैन भन्ने सन्देश दिन सफल भएको देखिन्छ ।

भारतले आफ्नो सुरक्षा चासो भने पछि बाटो विस्तारका लागि चीनले जुन महिनामा लगेको बुलडोजर, पाल र अन्य निर्माण सामग्रीहरु तत्कालका लागि हटाएर भारतको चासोलाई सम्बोधन गर्ने संकेत दिएको छ ।

विज्ञहरु दोक्लाम क्षेत्र उच्च भूभाग भएका कारण सडक निर्माण गर्न उपयुक्त समय जुनदेखि सेप्टेम्बर रहेको बताउँछन् । चीनले भारतमाथि अन्तर्राष्ट्रिय लविइङ समेत गरेको थियो ।

चीनका सञ्चारमाध्यमहरुले निरन्तर रुपमा युद्धको सम्भावनाबारेमा अभिव्यक्ति दिइरहे । चिनियाँ सञ्चारमाध्यमका समाचारको आधारमा धेरैले युद्धको आंकलन गरे तर दुई देशको बीचमा कूटनीतिक तथा राजनीतिक तहमा संवाद भने जारी रहेको थियो ।

तर चीन भारत दुवैले गरेको अन्तर्राष्ट्रिय समर्थन लविइङ भने दुवैलाई हात लाग्यो शून्य भयो । अन्तर्राष्ट्रिय समुदायले भारत र चीन कसैको पनि समर्थन लिएनन् ।

अमेरिकाले दुवै मुलुकलाई प्रत्यक्ष संवादमार्फत समस्या समाधान गर्न सुझाएको थियो ।

चीनले विशेषतस् मिडिया युद्ध, मनोवौज्ञानिक युद्ध र कानुनी लडाइँ तीनवटालाई एकैचोटी परिचालन गरेको विश्लेषक बताउँछन् ।

चिनिया प्रचार त यतिसम्म हाबी थियो, चीनका सञ्चारमाध्यम र विज्ञहरुका तहबाट चीनले सीमा क्षेत्रमा साना अप्रेसन गर्ने दाबी नै गरिरहेका थिए ।

दोक्लाम विवादमा नेपाल भूमिका 

दोक्लाम मुद्दाले नेपाल पनि प्रभावित भयो । दबाबमा रह्यो । भारत र चीनका अधिकारीहरुले नेपाली अधिकारीहरुसँगको भेटमा यो विषयमा सामान्य कुरा उठाए पनि दुवै देशले आफ्नो पक्ष लिनुपर्छ भनेर दबाब भने दिएका थिएनन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको समयमा भारतीय पक्षले यो विषय उठाउने भएकाले कसरी फेस गर्ने भने तयारी पनि थियो ।

भ्रमण अघि चिनिया उपप्रधानमन्त्री स्वयम् नेपाल भ्रमण आएर नेपालको तटस्थ नीतिकै निरन्तरता चाहेको दोहोराएका थिए ।

 

तर त्यही तटस्थता भने भारतले नचाहेको सन्देश प्रधानमन्त्री देउवालाई दिन सफल भने रह्यो । 

तर, प्रधानमन्त्रीको भारत भ्रमणको समयमा भारत र चीन लगभग सहमतिको नजिक पुगिसकेका हुनाले भारतले थेग्नै नसक्ने दबाब भने नदिएको उच्च स्रोत बताउँछ ।

तर दोक्लामबारे कुरा हुँदा मोदीले अघिल्लो सरकारका प्रधानमन्त्री प्रचण्डले गरेको सम्झौतालाई उद्धृत गर्दै देउवामाथि मोदीले अन्तर्राष्ट्रिय सुरक्षा चासोमा नेपालले भारतकै पक्ष लिनु पर्ने बारे भने सम्झाएका थिए ।

जतिबेला देउवाले केही पनि बोलेका थिएनन् ।

यस अघि सन् १९६२ मा चीन भारत युद्ध भयो । तर भुटान सम्बन्ध भने चीनले सन् १९५९ भन्दा अगाडिको अवस्थामा फर्काउन चाहेको विश्लेषण भइरहेको छ ।

यो विवाद भारतसँग टक्करमा आएपनि मूलतः विषय चीन र भुटान सीमाको विषय हो । चीनले भुटानसँग कूटनीतिक सम्बन्ध कायम राख्न प्रयास गरिरहेको छ ।

आउँदो दिनमा चीन भुटान सम्बन्धले नै यस विषयले कस्तो मोड लिन्छ भन्ने निश्चित हुनेवाला छ । चीनका लागि भुटानसँग सम्बन्ध बनाउने नयाँ अवसर उसले कसरी सदुपयोग गर्छ भन्ने पनि त्यतिकै छ ।

यसबा बिचमा भने भारत तगारो बन्न खोजिरहने देखिन्छ ।

किनकि भारत र भुटान बिच विगतदेखिका सन्धि र सम्झौताहरु कोलोनियल भार रहेका छन् । जस्तो १९५० को सन्धिलाई लिएर नेपाल भारत बिचको अर्धऔपनिवेशिक सम्बन्ध चर्चामा आउँछ ।

किन छाड्दैन भारत विराटनगरको अवैध डेरा ?

विराटनगर महानगरपालिका वडा नम्बर १७ मा केही समयदेखि एउटा घर भारतीयले अवैध रुपमा भाडामा लिएर बसिरहेका छन् ।

वरिपरि तारजालीले घेरिएको उक्त कम्पाउण्डभित्र भारतीय झण्डा फहराइएको छ । यो नेपाल सरकारको अनुमतिविना फहराएको झन्डा हो ।

भारतको यो हेपाइले एक दशक पार गर्न लागिसक्दा पनि कसैले बोलेको छैन, बिराटनगरमा अबैधानिकरुपमा राखिएको यो भारतीय क्याम्प अफिसले पूर्वीनेपालका चिनियाँ नाकाहरुमा जासुसी गर्नेदेखि लिएर स्थानीय राजनीतिक चलखेलसम्म गर्दै आइरहेको छ ।

परराष्ट्र मन्त्रालयले पत्र नै लेखेर यो अवैध अखडा बन्द गर्न निर्देशन दिँदा समेत भारतीय दूताबासले अहिलेसम्म नटेरेको परराष्ट्र स्रोत बताउँछ ।

कसरी खोलियो अफिस ?

सन् २००८ मा कोशी नदीमा बाढी गयो । जतिबेला गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा प्रचण्ड नै सत्तामा थिए । बाढीका कारण पूर्वी नेपालका जनताले काठमाडौं आवत-जावत गर्दा केही समयसम्म भारतको बाटो भएर आवत-जावत गर्नुपर्ने भयो ।

त्यसरी भारतको बाटो भएर आवत जावत गर्ने नेपाली नागरिकको चेकजाँचका लागि भारतीयहरुले सुनसरीस्थित नेपाली भूमिमा केही टेबल र बेञ्चहरु राखेर चेकपोस्ट खडा गरेका थिए ।

तर पछि कोशीको पानी घटेर गयो पनि । त्यसपछि कोशी ब्यारेजबाट गाडीहरु चल्न थाले । भारतको बाटो भएर यात्रा गर्नुपर्ने बाध्यता सकियो तर पनि भारतले आफ्ना चेकपोस्ट हटाएन ।

कुरा त्यतिमै मात्र सीमित भएन । जुन प्रयोजनका लागि नेपालमा पोष्ट खडा गरेका भारतीयहरु आफ्नो प्रयोजन पूरा भएपछि भारत फर्किएनन् ।

उल्टो विराटनगरको वडा नम्बर १७ मा एउटा घर भाडामा लिएर आफ्नो देशको झन्डा ठड्याए । यसबारे एमाले उपाध्यक्ष भीम रावलले पटक पटक संसद्मा कुरा उठाएका छन् ।

उनले त भारतीय महावाणिज्य दूतावास समेत हटाउनु पर्ने नत्र नेपालको राजनीतिक अस्थिरतका लागि भारतले त्यहिबाट अनावश्यक चलखेल गरेको बताइरहे ।

तर सरकार बदलिएका बदलियै छन्, कुनै पनि प्रमहरुले यसबारे ध्यानै दिएका छैनन् । चीनको डरले पुच्छर लुकाएर भागेको भारतले नेपालमा यसरी अवैध रुपले जासुसको अखडा राख्न अन्रर्ताष्ट्रिय कानुनले पनि दिदैन ।

तर नेपालका सरकारहरु भारतीय ‘भक्त’ हुन नै तँछाड मछाड गर्न लागिपरेका हुन् कि जस्तो पछिल्लो राजनीतिक घटनाक्रमले देखाएको छ ।

नेपालको संविधान संशोधन गराएरै छाड्छु भनेर वचन दिन नेतृत्वको ताल हेर्दा भारतीय हेपाइबाट नेपा भने मुक्त हुने सपना आकासको तारा बन्दै गइरहेको छ ।

खबरदारी गर्ने पालो अब जनताको ।

 

 

...

मंगलबार, १३ भदौ, २०७४

 

 

प्रतिक्रिया

Related