फेरी लफडा, छक्कापञ्जा–२

‘रिमेक’ भयो चलचित्र ‘देबर बाबु’को गीत
निर्माण सञ्चार, काठमाडौं । चलचित्र छक्कापञ्जा–२ को ‘नाइलनको साडीमा’ गीत विवादमा आइरहेको बेला फेरी सोही चलचित्रको अर्को गीत ‘झ्याम्म झ्याम्म’मा झेल गरेको भेटिएको छ ।

दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म छक्का पञ्जाले चर्चा पाएपछि हौसिएका उनीहरुले फेरी चर्चा पाउन छक्का पञ्जा–२ निर्माण गरे ।

तर एकपछि अर्को गर्दै फिल्मका गीत चोरीको विवादमा आइरहेका छन् ।

फिल्मका अरु पक्षमा भने कसैले औँला ठड्याएका छैनन् ।

केही समयअघि चलेको गीत ‘नाइलनको साडीमा’लाई नवीकरण गरेर आफ्नो नाममा पेश गरेपछि दीपकराज गिरी विवादमा परेका थिए ।

अघिल्लो वर्ष ‘छक्का पञ्जा’ को ‘पाइरेसी’ भएको भन्दै उनै गिरीले केही युवामाथि उजुरी गरेका थिए । जसमध्ये एक जनाले आत्माहत्यासमेत गरेका थिए । त्यसकारण पनि यो विवाद चर्को भएको हो ।

‘पाइरेसी’ विरुद्ध उपदेश दिने गिरी स्व्यमलाई पाइरेसीकोे तक्मा भिराइयो ।

पहिलो गीत मत्थर भएपछि सोही फिल्मको अर्को गित ‘झ्याम्म झ्याम्म छायांकन गरियो र सार्वजनिक भयो ।

तर सो गितलाई पनि लय मिलको भन्दै उडाउन थालिएको छ ।

केही पत्रकारले भने बक्स अफिसमा छक्का पञ्जा–२ ले रेकर्ड तोड्ला कि नतोड्ला, गीत चोर्ने प्रतिस्पर्धामा चाँहि रेकर्ड राख्ने नै भयो भन्दै तीखो टिप्पणी गरिरहेका छन् ।

हरिवंश आचार्य र आस्था राउतले गाएको उक्त अमूक गीतमाथि  गायक राजेश पायल राईले केही समयअघि एउटा पोष्टमा व्यंग गरेका छन् ।

पोष्टमा गीत स्पष्ट नखुलाए पनि उनको संकेत भने छक्का पञ्जा–२ को गीतप्रति छ ।

राईले आफूले ’देवर बाबु’ का लागि गाइएको गीत नै अहिले ‘रिमेक’ भएर आएको घुमाउरो भाषामा उल्लेख गरेका छन् ।

हेरौं भिडीयो

 

....

बुधबार, १४ भदौ, ०७४

 

प्रतिक्रिया

Related