पुर्वाधार विकास बैंक खोल्न चिनियाँ कम्पनीको लगानी

देखायो चासो १ खर्बसम्मको
निर्माण सञ्चार, काठमाडौं | चिनियाँ कम्पनीहरुको पुर्वाधार विकास बैंक खोल्न लगानी गर्ने चासो बढेको अर्थमन्त्रालयले बताएको छ ।

अर्थ सचिव शान्तराज सुवेदीका अनुसार एक चिनियाँ कम्पनीले १ खर्बसम्मको लगानी गर्ने चासो देखाएको छ । यससम्बन्धि लिखित प्रस्ताव भने हालसम्म परेको छैन ।

कम्पनीसँगको छलफलपछि सो विषयमा के गर्न सकिन्छ भन्ने विषयमा राष्ट्र बैंकसँग राय मागिएको सुवेदीले बताए ।

त्यस्तै, राष्ट्र बैंकले पनि पूर्वधार बैंक खोल्न १ कम्पनीको मात्र आवेदन दर्ता भएको बताएको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता नारायण पौडेलले भने,‘ हामीले यस बैंकसँग सम्बन्धित नीतिगत व्यवस्था गर्नु अघि नै एक कम्पनीको आवेदन परेको हो ।’

आवेदक यो स्वदेशी कम्पनीले विदेशी लगानीकर्ता खोजिरहेको छ, पौडेलले बताए ।

चिनियाँ कम्पनीले चासो देखाएकोे र सो कम्पनीलाई नीतिगत व्यवस्था अनुसार आउने बाटो समेत खुला रहेको उनले प्रष्ट पारे ।

उक्त नीतिले पुर्वाधार विकास बैंक सम्बन्धि नीतिगत व्यवस्था २०७४ अनुसार पूर्वाधार विकास बैंकको रुपमा स्थापना हुने बैंकको न्यूनतम चुक्ता पुँजी रु.२० अर्ब हुनु पर्ने व्यवस्था गरेको छ ।

त्यस्तै स्थानीय लगानी मात्रै रहेर यस्तो बैंक बनाउने भएमा संस्थापक समूहले न्यूनतम ५१ प्रतिशत देखि ७० प्रतिशत र सर्वसाधारण समूहको न्यूनतम ३० प्रतिशत देखि ४९ प्रतिशत सेयर लगानी हुनुपर्नेछ ।

त्यसरी स्थापना हुने बैंकले सर्वसाधारणको लागि छुट्याएको मध्ये आफ्ना कर्मचारीलाई ०।२ प्रतिशतसम्म शेयर छुट्याउन सक्नेछ ।

त्यसैगरी विदेशी साझेदरको रुपमा विदेशी बैंक वा वित्तीय संस्थाको संयुक्त लगानीमा समेत यस्तो बैंक स्थापना हुन सक्नेछ ।

यसरी स्थापना हुने बैंकमा विदेशी लगानीकर्ताले न्यूनतम २० प्रतिशतदेखि अधिकतम ८५ प्रतिशतसम्म सेयर लगानी गर्न सक्नेछ । ८५ प्रतिशतसम्म सेयर वैदेशीक लगानी हुने यस्तो बैंकले सर्वसाधारणलाई न्यूनतम १५ प्रतिशत सेयर छुट्याउनै पर्नेछ ।

त्यस्तै २० प्रतिशत वा सोभन्दा बढी ५० प्रतिशतभन्दा कम वैदेशिक सेयर लगानी रहेको कम्पनीले सर्वसाधारणलाई कम्तिमा ३० प्रतिशत सेयर छुट्याउनै पर्ने भएको हो ।

...

बुधबार, १४ भदौ, ०७४ 

प्रतिक्रिया

Related