दउसीरे भन— ‘स्वाभिमान, स्वाभिमान !’

सिस्नुपानीको देउसी : दउसीरे भन— ‘स्वाभिमान, स्वाभिमान !’

लिम्बु भाइले उचालेर यादव दाईलाई दिएको

पटक पटक ढोगेर तिनले लिएको

कति सुन्दर दृष्य थियो संविधान जारीको

संविधानमा चोखे लाग्यो सीमा पारीको

मुलुकका प्रमुख नेताहरु साक्षी राखेर सिस्नुपानी नेपालले गतबर्ष ‘संविधान देउसी’ खेलेको थियो । कलाकार तथा साहित्यकारहरुले आशिष दिने क्रममा भनेका थिए– ‘मुलुकले छिट्टै संविधान पाउन् ।’

ढिलै भएपनि बर्षदिन भित्र मुलुकबासीले संविधान त पायो तर नाकाबन्दी सहित ।

देउसीमा स्रष्टाहरुले भने– ‘भनभन भाई हो– स्वाभिमान ।’

यसपटक प्रज्ञा प्रतिष्ठानको आयोजना र सिस्नुपानीको प्रस्तुति रहेको प्रधानमन्त्री केपी ओलीलाई प्रमुख अतिथि बनाएर मंगलबार साँझ कमलादीस्थित प्रतिष्ठान प्रेक्ष्यालयमा खेलिएको देउसीको समग्र नाम नै दिइएको थियो ‘स्वाभिमान देउसी ।’

हास्य व्यंग्य कलामार्फत सामाजिकरराजनीतिक तथा प्रशासनिक विकृतिमाथि कटाक्ष गर्दै आएका सिस्नुपानीका कलाकारहरुले यसपटकको देउसीमा पनि बर्षभरिका घटनालाई विषय बनाएर झट्टारो हाने ।

प्रतिक्रिया

Related