साना किसान विकास बैंकले गर्यो डा. शिवराम प्रसाद कोइरालालाई नियुक्त

४ वर्षे कार्यकालका लागि अधिकृत पदमा
निर्माण सञ्चार, काठमाडौं | भदौं १४ गते साना किसान विकास बैंकको सञ्चालक समितिले ४ वर्षे कार्यकालका लागि डा. शिवराम प्रसाद कोईरालालाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ ।

व्यवस्थापनमा स्नातकोत्तर एवं बैंकिंङको वित्तीय दिगोपनामा विद्यावारिधी गरेका डा. कोईरालाले कृषि विकास बैंकमा २७ वर्ष सेवा गरेका छन् ।

उक्त बैंकको संस्थापक कर्मचारीको रुपमा ९ वर्ष योगदान गरिसकेका डा. कोईराला लामो अवधि सम्म बैंकको अधिकृत प्रथम श्रेणीमा कार्यरत थिए ।

उनलाई वित्तीय दिगो विकास एवं लघुवित्तका ज्ञाता समेत मानिन्छ ।

यता जलनकुमार शर्माले भने साना किसान विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा आफ्नो ८ वर्षे कार्यकाल हिजो मात्र पुरा गरेका छन् ।

पद एवं गोपनियताको सपथग्रहण तथा नियुक्ती कार्यक्रममा बोल्दै शर्माले सो बैंक ग्रामीण लघुवित्त क्षेत्रमा नेपाल कै अगुवा बैंक बन्न सफल भएको बताए ।

साथै उनले नवनियुक्त कार्यकारी प्रमुख यस बैंकको नेतृत्व गर्न सफल हुनेमा आफु ढुक्क रहेको बताए ।

त्यस्तै बैंकका अध्यक्ष खेम बहादुर पाठकले यस बैंकका पूर्व कार्यकारी प्रमुख जलन कुमार शर्मालाई आफुले कर्मचारी मात्र नभई अभिभावकको रुपमा हेरेको र उहाँको साथ सहयोग सदैव प्राप्त हुने भन्दै विश्वास व्यक्त गरेका छन् ।

नवनियुक्त डा. कोईराला पनि आफैंमा योग्य र अनुभवी व्यक्तित्व भएकोले नेपालको ग्रामीण गरिबी निवारणमा साना किसान विकास कार्यक्रमलाई सफलता पूर्वक विस्तार गर्दै बैंकलाई अझ समृद्ध बनाउन सफल हुने अध्यक्ष पाठकले बताए ।

...

विहीबार, १५ भदौ ०७४ 

प्रतिक्रिया

Related