एनआरएन डेनमार्कले बाड्यो राहत मोरङका बाढीपीडितलाई

यसअघि झापा र सुनसरीमा वितरण
निर्माण सञ्चार, काठमाडौं | मोरङका बाढी पीडितहरुलाई गैरआवासीय नेपाली संघ डेनमार्कले राहत वितरण गरेको छ ।

आइतबार डेनमार्कवासी नेपालीहरुले रतुवामाई नगरपालिका ५ गोविन्दपुरका बाढी पीडितहरुलाई राहत सामग्री वितरण गरेका हुन् ।

त्यस्तै डेनमार्कवासी नेपालीहरुद्वारा संकलित डेढलाख मूल्य बराबरको राहत सामग्री गोविन्दपुर र मुसरभिट्टाका १५० घरपरिवार बाढी पीडितहरुलाई राहत वितरण गरिएको थियो ।

बाढी पीडितहरुलाई नेपाली जनसम्पर्क समिति डेनमार्कका निवर्तमान अध्यक्ष नविन आर्चाय मार्फत् चामल, दाल, नुन, तेल चिनी लगायतका सामग्री वितरण गरिएको थियो ।

त्यसैगरी रतुवामाई नगरपालिकाका मेयर रविन राई सर्वदलीय समितिका प्रतिनिधिका रुपमा नेपाली कांग्रेसका सचिव नागेश कोइराला र गैर आवसीय नेपाली संघ डेनमार्कका सल्लाहकार नविन आर्चायले बाढी पीडितहरुलाई संयुक्त रुपमा राहत सामग्री वितरण गरेका थिए ।

वक्राहा खोलाले गएको साउन अन्तिम साता बाँध फुटाएर मानव वस्तिमा खोला पस्दा सो क्षेत्रको ९ सय बढी घर परिवार विस्थापित बनेका थिए ।

मेयर नविन राईले भने प्राय सबै जसो संघसंस्था सहरमुखी भएका कारण घरवारविहीन बनेका सो क्षेत्रका बाढी पीडितहरुले अहिलेपनि उचित राहात पाउन नसकेको बताए ।

 

यस्तो प्रकारको राहत सामग्री यस अघि पनि नेपाली जनसम्पर्क समिति डेनमार्कका निवर्तमान अध्यक्ष आर्चायले त्यहाँ बसोवास गर्दै आएका नेपालीहरुले संकलन गरेको ६ लाख ५० हजार रुपियाँले झापा र सुनसरी जिल्लाका बाढी पीडितहरुलाई वितरण गरेका थियो ।

...

आइतबार, १८ भदौ, ०७४ 

प्रतिक्रिया

Related