सहकारी चलाऊ यसरी— पोखरामा ‘डाँफे’ नै किन बन्यो ‘नमूना सहकारी’ ? के ‘डिभिडेन्ट’ खानु मात्रै सहकारीको उद्देश्य हो ?

निर्माण सञ्चार, पोखरा । २०६५ सालमा स्थापित भयो डाँफे बचत तथा ऋण सहकारी संस्था लिमिटेड । एक सय ६ जनाबाट सुरु गर्दा प्रारम्भिक पुँजी ५४ लाखबाट सुरु भएको यो सहकारी १० वर्ष नपुग्दै पोखराकै नमूना सहकारीका रुपमा सम्मानित भएको छ ।

सायद स्थापना गर्दा संस्थापक सदस्यहरुले यसरी ‘नमूना’ सहकारी नै बन्ने र सम्मानित हुने अवसर हातमै आउला भनेर सोचेका पनि थिएनन् होला !

पोखरा महानगरपालिका भरिका सहकारीहरु माथि गरिएको सर्वेक्षणबाट डाँफे सहकारी नमूना रहेको निष्कर्ष अनुसन्धानकर्ताले पेस गरेपछि डाँफे नमूना बनेको हो ।

डाँफे चराहरुमा पनि नमूना चरा नै हो । तर, पोखरामा भने डाँफे सहकारी नमूना बन्न पुगेको छ ।

हाल १७ सय जना सदस्य रहेको डाँफे सहरकारी परिवार पोखरा महानगरकै गर्व गर्नलायक सहकारी बनेकोमा सहकारी सदस्यहरु पनि गौरवान्वित भएको बताउँछन् ।

नमूना सहकारीका रुपमा डा बलराम उपाध्याय रेग्मी प्रधान सम्पादक रहेको ‘ज्योतिष भाविष्यवाणी साप्ताहिक’ले सम्मान गरेको हो ।

यतिबेला सहकारीको ३५ करोडको लगानी तथा सेयरपँजी रहेको छ भने वार्षिक २ अर्ब बराबर कारोबार हुने गरेको संस्थापक अध्यक्ष माधव बास्तोला बताउँछन् ।

स्थापना गर्दा कस्तो सपना देख्नु भएको थियो ?

युवा उद्यमी समेत रहेको अध्यक्ष बास्तोला भन्छन्, ‘कसरी हुन्छ राम्रो काम गर्ने । जसरी हुन्छ सहकारी सदस्यहरुको सुखदुखको साथी बन्ने । उहाँहरुलाई कुनै उद्यम गर्न प्रेरित गर्ने, आर्थिक रुपले कमजोर अवस्था भएका साथीहरुको जीवन स्तर माथि उठाउन सहयोगी बन्ने । आखिर सहकारी भनेको जे हो त्यसरी नै चलाउने भन्ने सपना थियो । समाज रुपान्तरणको यौटा कडी बन्न पाए बस्, हुन्छ होला भन्ने थियो ।’

सुरुआतबाटै राम्रो बाटो लिएकाले नै राम्रो गन्तव्यमा पुग्न सकिदो रहेछ भन्ने हो ?

यो प्रश्नको जवाफमा बास्तोला भन्छन्, अवश्य नै हो रहेछ । यो त काम गरेपछिको अनुभव हो । आफूले जन्माएको संस्थाको चरित्र के हो ? कस्तो हुनु पर्छ ? के के हुन् आधारभूत कुराहरु, र गन्तव्य के हो भनी स्पष्ट भएमा साँच्चिकै ‘नमूना’ बन्नसक्तो रहेछ ।’

मूना त कामले हुने कुरा त हो भन्छन् बास्तोला । बास्तोला समाज परिवर्तनको अभियानमा होमिएको युवाको नाम हो । उनी राजनीतिक मोर्चामा समेत अगुवा नै छन् ।

आखिर सोच नमूना भयो भने मात्रै काम नमूना हुन्छ र काम नमूना देखाउन सकियो भने मात्रै आफूलाई नमूना दर्ज गर्न सकिने बताउँछन् उनी ।

हिजो आज त सहकारीहरु ‘सूदखोरी’ र बैंकहरु नाफाखोर बनिरहेका छन्, तपाईहरु त्यसबाट बच्न सक्नु भएको छ त ?

जवाफमा बास्तोला भन्छन्, ‘आखिर नमूना भनेको के हो त ? आजको बजारमा रहेको सहकारीका हुलहरु भन्दा फरक नभई नमूना हुन त पक्कै पनि सकिदैन । र, तपाईले भने जस्तै आजको फाइनान्सियल संस्थाहरु जसरी चलिरहेका छन्, पक्कै पनि यसमाथि सोच्नै पर्ने देखिन्छ ।

बैंकहरु जसरी पनि नाफा भनेर चलिरहँदा भोलिका दिनमा यी इन्स्टिच्युसनहरु कहाँ पुग्लान् भन्ने मलाई लागिरहन्छ । जहाँसम्म सहकारीहरुको कुरा छ, मैले सुनिरहेको पनि छु, देखिरहेको पनि छु, सहकारीहरु पनि लगभग सूदखोरी सरह पनि बन्न पुगेका गुनासाहरु बढिरहेका छन् ।

कतिपयले त पैसा कमाउको कारखानाका रुपमा मात्रै सहकारीलाई लिने गरेको पनि देखिएका छन् । कतिपय त पैसा उठाएर भागेका घटनाहरु पनि आएका छन् ।

आखिर सहकारिता त आर्थिक समृद्धिको आन्दोलनको एउटा अभिन्न अंग हो नि । यो सोच सहकारी सञ्चालकहरुमै छैन ।

र, तिनीहरु सहकारी हैन कि कतिपय अर्थमा त ब्याजखोर, नाफाखोर, तपाईले भनेजस्तै चक्रवृद्धि ब्याज लिने सूदखोर जस्ता पनि छन् भन्ने सुनिन्छ पनि । यसलाई सच्याउन आवश्यक छ ।’

बास्तोलाका अनुसार सहकारी भनेको आफ्नो समुदायका सदस्यहरुको आर्थिक हितका लागि स–साना पुँजीहरु संकलन गरी चलाइएको समृद्धिको आन्दोलनको अर्काे नाम हो ।

उनी भन्छन्, ‘आर्थिक जीवन बिनाको जिन्दगी त गरिबी र पछौटेपनको कारण हो । त्यही गरिबी रुपी सामाजिक रोग निराकरण गर्न भनेर स–साना पुँजीहरु समेटेर घैला भर्ने, घैला घैला भेरर भकारी बनाउने महान् मिसन हैन र सहकारी आन्दोलन ?’

हिजो आज ऋण सहकारीहरु ‘डिभिडेन्ट’ खानमा मात्र सीमित छन् । तर, डाँफे सहकारीको फरकता भनेकै गरिबीमा पिल्सिएका आफ्नो समुदायका सदस्यहरु प्रति उत्तरदायित्व सहितको आर्थि कार्यक्रम पनि सञ्चालनमा रहेको उनको दाबी छ ।

आफ्नो सदस्यभित्र उद्यमशीलताका लागि प्रोत्साहन गर्ने काम नै यो सहकारीको सबैभन्दा नमूना कार्य हो । जसले गर्दा ऋण लिने व्यक्ति पनि ऋणको दुरुपायोग गर्न सक्तैन र, जिन्दगीलाई आर्थिक उपार्जनमा लगाउन सक्छ ।

आफूभित्र रहेको न्यून आय भएका सदस्यहरुमा सस्तोमा लगानी गरेको डाँफेले सदस्यहरुकै बिमा कार्यक्रम आफैले सञ्चालन गरेको छ ।

उत्पादनमूलक कामहरु कापी उद्योग जस्ता उद्योग सञ्चालन गरेको छ भने कृषि क्षेत्रमा तरकारी र फलफूल खेतीमा डाँफे अघि बढिरहेको छ ।

अर्काे रोचक कुरा के छ भने, डाँफेले युवा उद्यमी व्यवसाय सञ्चालनमा प्रोत्साहन गर्दै आएको छ । विदेश जाने नभई स्वदेशमै केही गर्न चाहने युवाहरु डाँफेभित्र उद्यमीका रुपमा स्थापित हुँदै गएका छन् ।

 

 

...

आइतबार, १८ भदौ, २०७४

 

प्रतिक्रिया

Related