सनराइज बैंकले गर्यो ग्राहक सुविधा केन्द्रको उद्घाटन

निर्माण सञ्चार, काठमाडौं | सनराइज बैंक लिमिटेडले ग्राहक सुविधा केन्द्र ( Call Center) को उद्घाटन गरेको छ ।

उक्त समारोहको उद्घाटन बैंकका अध्यक्ष श्री मोतीलाल दुगडले गरेका थिए ।

समारोहमा संचालक समितिका सदस्यहरू डा. भोगेन्द्र गुराँगाइ, ई.बच्छराज तातेड, दीपक नेपाल, ज्योती कुमार बेगानी एवं बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य लगायत बैंकका उच्च पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

आफ्नो ग्राहकहरुलाई बैंकले प्रदान गर्ने सेवा सुविधाको बारेमा जानकारी दिन, ग्राहकहरुको विभिन्न समस्याहरु समाधान गर्न, बैँकिङ् सम्बन्धी सामान्य जानकारीहरु दिन, ग्राहकहरुको सल्लाह तथा सुझावहरु संकलन लगाएतका कार्य गर्न बैंकले सो Call Center को शुभारम्भ गरेको हो ।

सो ग्राहक सेवा केन्द्रमा दक्ष जनशक्तिले ग्राहक तथा अन्य सर्वसाधारणलाई टेलिफोन–मोबाईल मार्फत् जानकारी दिनेछन् ।

साथै बैंकका सेवा सुविधा सम्वन्धी जानकारी चाहिएमा बैंकको टोल फ्रि (पैसा नलाग्ने) नम्वर १६६००१२२४४४ मा फोन गरी बैकिङ्ग सम्बन्धी आवश्यक सम्पुर्ण जानकारी पाउन सक्ने व्यस्था समेत यस बैंकले गरेको छ ।

हाल बैँक बिदा भएका दिन बाहेकसम्पूर्ण दिनहरुमा टेलिफोन सेवा उपलब्ध हुन्छ ।

नेपालभर कुनै पनि स्थानवाट प्रयोग गर्न सकिने यो सेवा ग्राहकको माग तथा आवश्यकता अनुरुप बढाई चौबिसै घण्टा सुचारु गरी बिदाका दिनमा पनि ग्राहकलाई यो सुबिधा दिईने बैँकको भाबी योजना रहेको छ ।

आफ्ना ग्राहकहरु सम्म पुग्ने र आधुनिक प्रविधिको प्रयोग गरी उनीहरुको गुनासो तथा सुझावहरु सुन्ने तथा निराकरण गर्नका लागि यो सेवा सुचारु गरेको बैँकले निर्माण सञ्चारलाई बतायोे ।

यस बैंकले पूर्व मेची देखि पश्चिम महाकाली सम्म ७० बटा पूर्ण शाखा, १६ बटा शाखा रहित बैकिङ, ३ वटा एक्स्टेन्सन काउन्टर र ८२ वटा एटिएम मार्फत् ३ लाख ६५ हजारभन्दा बढी निक्षेप ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

...

सोमबार, १९ भदौ, ०७४ 

प्रतिक्रिया

Related