अब प्रदेशकै संरचनामा इम्बोस्ड प्लेट, तत्काल वितरण स्थगित

विभागका १२ वटा सवारीमा इम्बोस्ड जोडिसकेको
निर्माण सञ्चार, काठमाडौं | प्रदेशकै संरचनाअनुसार सरकारले इम्बोस्ड प्लेट वितरण गर्ने भएको छ ।

हाल अञ्चलको संरचनाअनुसार सुरु भएको इम्बोस्ड प्लेटको वितरण पनि रोकिने भएको छ ।

विकास समितिको बुधबार बसेको बैठकमा यातायात मन्त्री वीरबहादुर बलायरले इम्बोस्ड प्लेट प्रदेशअनुसार वितरण गर्ने गरी तत्काल तयारी थाल्ने बताएका हुन् ।

अहिले अञ्चलको नाम उल्लेख भएको स्थानमा प्रदेश राख्न प्राविधिक तयारी थाल्ने र त्यतिञजेल प्लेटको छपाइ रोक्ने मन्त्री बलायरले जानकारी दएका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले भने ठेकेदार कम्पनीसँग छलफल गरेर अञ्चलको सट्टामा प्रदेश नम्बर उल्लेख गर्ने बताए ।

भट्टराईले प्रदेशको नाम नटुंगेसम्म प्रदेशको पहिचान नम्बर राख्ने गरीे तयारी थालको जानकारी दिए । यसैकारण अब तत्काल अञ्चलको नाम राखेर इम्बोस्ड वितरण हुँदैन, उने भने ।

त्यसका लागि आवश्यक व्यवस्था र प्रविधिहरु परिमार्जनका लागि छलफल अधि बढाइने भट्टराईले बताए । यसका लागि अब मन्त्रालयले उच्च स्तरको प्राविधिक समिति बनाउनेछ ।

त्यसैको सुभावअनुसार इम्बोस्डमा गर्नुपर्ने परिमार्जनमा छलफल हुनेछ ।

दुईसाता अघि मात्रै सरकारले इम्बोस्ड प्लेटको वितरण थालेको थियो ।

त्यस्तै सरकारीलाई अनिवार्य गर्दै बाग्मति अञ्चलबाट निजीलाई स्वेच्छिक रुपमा लिन सक्ने व्यवस्था गरेको थियो ।

हाल विभागका १२ वटा सवारीमा इम्बोस्ड जोडिसकिएको छ भने थुप्रै निजी सवारीले पनि इम्बोस्ड प्लेटका लागि आवेदन दिएका छन् ।

देश संघीयतामा गएपनि सरकारले अञ्चलको संरचनाअनुसार प्लेट वितरण थालेपछि त्यसको आलोचना भएको थियो ।

आम नागरिकलाई यसले दोहोरो आर्थिक भार पर्ने अवस्था आएको थियो ।

प्रदेश सरकारले केही समयपछि काम थालेपछि अञ्चलको नाम प्लेट बाट हटाउने निर्णय हने भएकाले सो समस्या बाट उपभोक्ता मुक्त हुने भएका छन् ।

....

बुधबार, २१ भदौ, ०७४ 

प्रतिक्रिया

Related