खारेज भयो काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन

खारेजीको आधार अस्पताल सञ्चालन अनुमति नभएको र पूर्वाधार नपुगेको
निर्माण सञ्चार, काठमाडौं | स्वास्थ्य मन्त्रालयले अस्तपताल सञ्चालन अनुमतिबिनै सम्बन्धन पाएको घट्टेकुलोस्थित काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज भएको छ ।

सम्बन्धन खारेजको निर्णय त्रिवि कार्यकारी परिषद्ले गरेको हो ।

त्रिविले डा.गोविन्द केसीले अनसनमा उठाएको माग उल्लंघन गर्दै फर्जी प्रतिवेदनका आधारमा सम्बन्धन दिएको थियो ।

यस कार्यको सर्वत्र विरोध भएपछि गत शनिबार एउटा कार्यकारी परिषदले एउटा छानवीन समिति बनाएको थियो ।

त्यो छानवीन समितिले बुधबार मध्यान्ह प्रतिवेदन बुझाए लगत्तै कार्यकारी परिषद बैठक बसेको हो ।

अपरान्ह बसेको सोही बैठकले नै काठमाडौं नेशनल मेडिकल कलेज खारेज गर्ने निर्णय गरेको हो ।

त्रिवि रजिष्ट्रार डिल्लीराम उप्रेतीले भने,‘माइन्युट हुन बाँकी छ, केहीबेरमा औपचारिक निर्णय आउँछ ।

सम्बन्धन खारेजीको आधार अस्पताल सञ्चालन अनुमति नभएको र पूर्वाधार नपुगेको परिषद्ले औंल्याएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि सम्बन्धन खारेज नगरे त्रिवि पदाधिकारीलाई कारवाही गर्ने चेतावनी दिएका थिए ।

त्यसपछि पदाधिकारीले सम्बन्धन स्थगन गरी छानविन समिति बनाएका थिए ।

आजै डा. गोविन्द केसीको मागअनुसारको मेडिकल कलेजसम्बन्धी छानवीन समितिको म्याद थप गर्ने समेत सरकारले निर्णय गरेको छ ।

त्यस्तै विश्वविद्यालय तथा प्राज्ञिक निकायमा हुने नियुक्तिका लागि मापदण्ड निर्धारणका लागि गठित समितिलाई समेत कार्यादेश दिइएको छ।

सोही निर्णयसँगै आजदेखि अनसन बस्न लागेका डा।गोविन्द केसीलाई सरकारले अनसन स्थगित गर्न आग्रह गर्न लागेको बताइएको छ।

....

बुधबार, २१ भदौ, ०७४ 

प्रतिक्रिया

Related