गयो प्रशान्त महासागरमा ८.१ म्याग्निच्यूडको भूकम्प, समुद्री आँधी आउने सम्भावना

कम्पन ७० किलोमिटर तलबाट भएको
निर्माण सञ्चार, काठमाडौं | मेक्सिकोको दक्षिणी तटीय क्षेत्र नजिकै प्रशान्त महासागरमा ८.१ म्याग्निुच्युडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्भेले भूकम्पको केन्द्रबिन्दू मेक्सिकोको पिजिजियापान शहरबाट ८७ किलोमिटर दक्षिण पश्चिममा रहको पुष्टि गरेको छ ।

उक्त कम्पन ७० किलोमिटर तलबाट भएको थियो ।

मेक्सीको लगाएत त्यस क्षेत्रका ग्वाटेमाला, एल साल्भाडोर, कोष्टारिका , निकारागुवा, पानामा र होण्डुरसमा समेत सुनामी आउन चेतावनी दिइएको छ ।

मेक्सिकोको राजधानीसम्म भूकम्पको धक्का महशुस गरिएको थियो ।

त्यस्तै राजधानीका घरहरु हल्लिएका थिए र मानिसहरुको रोडमा भागाभाग भएको थियो ।

करीव १ मिनेटसम्म भूकम्पको धक्का महशुस गरिएको थियो ।

मेक्सिकोका अधिकारीहरुका अनुसार राजधानीका केहि स्थानमा बिद्युत अवरुद्ध भएको मेक्सिकोका अधिकारीहरुले जनाएका छन् ।

हालको भूकम्प ८.१ मयाग्निच्युडकै भएको पुष्टि भयो भने यो सन् १९९५ र १९८५ मा आएको भूकम्प भन्दा ठूलो हुनेछ ।

यसअघि मेक्सिकोमा गएको भूकम्पमा हजारौंको मृत्यु भएको थियो ।

सम्भावित समुन्द्री आँधी हरिकेनका कारण आफ्नो पूर्व तटीय क्षेत्रका जनतालाई मेक्सिकाले सुरक्षित स्थानमा रहन भनेको थियो ।

...

शुक्रबार, २३ भदौ, ०७४ 

प्रतिक्रिया

Related