निर्माण क्षेत्रमा पहिलो रोचक ‘ब्याटमिन्टन टुर्नामेन्ट’

क्लाइन्ट, कन्ट्र्याक्टर र कन्सल्ट्यान्ट बिच भयो घमासान लडाइँ
निर्माण सञ्चार, काठमाडौं । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फम्र्स ९स्काफ० को आयोजनामा पहिलो पटक निर्माण क्षेत्रसम्बद्ध तिनओटै पक्षहरु बिच ‘ब्याटमिन्टन टुर्नामेन्ट भएको छ ।

निर्माण क्षेत्रका ‘थ्री सी’ अर्थात् क्लाइन्ट, कन्ट्र्याक्टर र कन्सल्ट्यान्ट बिच शुक्रबार ललितपुरको फ्लेक्स फिटनेस सेन्टरमा खेलको पहिलो सत्र सुरु भएको हो ।

दुई दिनसम्म चल्ने सो खेलको स्काफ अध्यक्ष राजेश थापा र नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष हरेराम श्रेष्ठले संयुक्त उद्घाटन गरेका हुन् । भित्रिदै गरेको बडा दशैकै मुखमा निर्माण क्षेत्र भित्रका तिन पक्षहरु यसरी खेल मैदानमा उत्रिएको यो पहिलो पटक हो ।

निर्माण क्षेत्रका नेतृत्व बिच आपसी हार्दिकता साटासाट गर्न तथा स्वास्थ्यबारे पनि सचेतना अभिवृद्धि गर्ने उद्देश्यले खेलको आयोजना गरिएको आयोजक संस्था स्काफको भनाइ छ ।

उक्त खेल शनिबार दिउँसो ४ बजेसम्म चल्नेछ । कार्यक्रममा नेपाल सरकारका सडक विभागका अधिकारीहरु समेत उपस्थित थिए भने निर्माण सम्बद्ध अन्य सरकारी निकायका अधिकारीहरु पनि सहभागी थिए ।

स्काफ महासचिव कृष्ण सापकोटा, निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजा, निर्माण व्यवसायी राजकुमार बस्ताकोटी, सोनाको प्रतिनिधि सहित १६ ओटा टिम खेलमा सहभागी छन् ।

निजी क्षेत्र र सरकारी क्षेत्रको उक्त खेलको उद्घाटन रोचकपूर्ण रह्यो ।

खेलमा प्रथम, द्वितीय र तृतीय हुनेलाई मेडल र ट्रफीको सहित सम्मान गरिने स्काफ महासचिव सापकोटाले निर्माण सञ्चारलाई जानकारी दिए ।

कार्यक्रमको समापन भने भाद्र २४ गते दिउँसो ४ बजे नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद् गौचन र नेपालका युवा निर्माण व्यवसायी समाज (वाइसी एनसी) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले संयुक्त रुपमा गर्ने कार्यक्रम रहेको छ ।

...

शुक्रबार, २३ भदौ, २०७४

 

प्रतिक्रिया

Related