आई. ई. आई. को नेपाल च्याप्टर गठन– अब नेपालका इन्जिनियरलाई विश्वमै जाने ढोका खुल्यो

‘पप्पु कन्स्ट्रक्सनलाई देशै भरका पुल दिइएको पाइयो, कतिसम्म भने बनेको पुल हस्तान्तरण नगर्दै भाँचिएको जिम्मा कस्ले लिने ?’ मन्त्री बलायर
निर्माण सञ्चार, काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको अगुवाइमा भारतीय ‘दि इन्स्टिच्युसन अब इन्जिनियर्स (आई.ई.आई) को नेपाल च्याप्टर गठन भएको छ ।

खास क्राइटेरिया पुगेपछि नेपालका इन्जिनियरहरुलाई पनि अन्तर्राष्ट्रिय स्तरमा जाने मान्यता दिलाउनका लागि एनइएको लामो पहलकदमी पछि आई. ई. आई. को नेपाल च्याप्टर गठन गर्न सफल भएको आयोजक एनइएले जनाएको हो ।

आइतबार राजधानीको होटेल सांग्रिलामा आयोजित एक विशेष कार्यक्रम मार्फत् एसोसिएसनले आई. ई. आई. को नेपाल च्याप्टर गठन भएको जानकारी दिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरको प्रमुखातिथ्यमा भएको कार्यक्रममा आई. ई. आई. का अध्यक्ष नवीनचन्द्र बसोयाले विशेष सम्बोधन गरेका थिए भने सो कार्यक्रममा नेपाल च्याप्टरका अध्यक्ष कुलप्रसाद एस सापकोटाले मन्तव्य राखेका थिए ।

मन्त्री बलायरले बबई नदीको जम्दीघाट स्थित पप्पु कन्स्ट्रक्सनले बनाएको पुल हस्तान्तरण नगर्दै भाँचिएको उदाहरण दिदै नेपालको पूर्वाधार विकास तथा निर्माणमा इन्जिनियरहरु पनि गम्भीर हुनु पर्ने धारणा रखेका छन् ।

‘डिजाइनको कमजोरीले हो कि निर्माण सामग्रीको ? वा ठेकेदारको कमजोरीले हो कि सरकारी निकायको, आखिर बनाएको पुल हस्तान्तरण नगर्दै किन यसरी भाचिन्छ ?’ मन्त्री बलायरले भने ।

उनले एउटै निर्माण कम्पनीलाई देशैभरका पुल बनाउने जिम्मा दिएको भन्दै पूववर्ती सरकारको आलोचना समेत गरेका छन् । पप्पु कन्स्ट्रक्सनको नाम लिदै मन्त्री बलायरले निर्माण गर्न जिम्मेवार नहुनेले पुलहरुको यसरी प्याकेजिङ गर्ने गरेको भन्दै पूर्वाधार निर्माण क्षेत्रमा ठुलो रोग सल्केको बताए ।

पढौं यो पनि

‘यस्तो विकराल अवस्थालाई चिर्न यो संस्थाको गठन अवसरको ढोका बन्न सकोस्,’ मन्त्री बलायरले भने ।

मन्त्री बलायरले नेपाल इन्जिनियर्स एसोसिएसनले उठाउँदै आएको इन्जिनियरिङ स्टाफ कलेजको निर्माणको मागलाई आफूले सहयोग गर्ने वचन समेत दिएका छन् ।

नवगठित नेपाल च्याप्टरालाई शुभकामना दिने क्रममा मन्त्रि बलायरले नेपालको भौतिक पूर्वाधारको विकास चिन्ताजनक रहेको भन्दै भरखरै गठन गरिएको आई. ई. आई. नेपाल च्याप्टरले आगामी दिनमा नेपाली इन्जिनियर्सहरुलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उतार्न ठोस सहयोग पुग्ने अपेक्षा राखेका छन् ।

नेपाल इन्जिनियर काउन्सिलले आफ्नो भूमिका प्रभावकारी बनाउन नसकेको भन्ने गुनासो आइरहेको बेला, अर्थात् काउन्सिलको माग अनुरुप नयाँ ढंगले अघि बढाउन सरकारले सहयोग नगरेको भन्ने काउन्सिलको गुनासो बढिरहेकै बेला नेपालमा भारतीय इन्जिनियर्सहरुको भगिनी संस्था विस्तार भएको छ ।
 
यो भारत लगायत विश्वकै धेरै मुलुकमा संगठित संस्था हो भने यसमा लाखौं इन्जिनियर्सहरु आबद्ध छन् । 

‘यसमा भएको आवद्धताले गर्दा नेपालका इन्जिनियरहरुले पनि आफ्नो क्षमता बढाउन र आफूलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गर्ने अवसर पाउँछन्, यसबारे बोल्दै इन्जिनियर सूर्य नारायण मालाकारले भने, ‘यो सुनौले अवसर बल्ल नेपालले पाएको छ ।’

एनइएका अध्यक्ष हरेराम श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एसोसिएसनका पूर्व अध्यक्ष ध्रुव थापा लगायत उपस्थित थिए ।

 

आयोजक एनइएका तर्फबाट प्रमुख अतिथि मन्त्री बलायर र भारतीय पाहुनाहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

 

...

सोमबार, २६ भदौ, २०७४

 

प्रतिक्रिया

Related