त्रिवि सेवा आयोगमा राज्यकै लापरबाही, सदस्य सचिव नियुक्ति नहुँदा उपप्राध्यापकहरुको हुनै सकेन अन्तर्वार्ता

निर्माण सञ्चार, काठमाडौं । झन्डै ३ महिनादेखि रिक्त रहेको त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्य पद पूर्ति नहुँदा देशकै सबैभन्दा धेरै जनशक्ति रहेको त्रिविका विभिन्न सेवामा अवरोध सिर्जना भएको छ ।

जसका कारण त्रिविमा सेवा प्रवेशका लागि अयोगको परीक्षा दिइसकेको सयौं उपप्राध्यापक तथा इन्जिनियरहरुको महिनौं अघि भइसक्ने अन्तर्वार्ता अझै हुन सकेको छैन भने कामहरु ठप्प भएपछि विश्वविद्यालयभित्र प्रध्यापकहरुको गुनासो चर्किदै गएको छ ।

आयोग सदस्यको पद गत असार ३ गतेदेखि रिक्त रहेको त्रिभुवन विश्वविद्यालय सेवा आयोग स्रोतले बतायो । आयोगको परीक्ष उत्तीर्ण गरेका गणित, अंगे्रजी, विषयहरुका उपप्रध्यापकहरु आयोगको सदस्य कहिले आउला र अन्तर्वार्ता दिन जाउँला भनी दिन गनिरहेको प्रतिस्पर्धी शिक्षकहरु बताउँछन् ।

८ महिनादेखि इन्जिनियरिंगको परीक्षफल आएन

राजनीतिक भागबन्डाको विवादले ग्रस्त बन्दै गएको सरकारी लगानीको त्रिविमा सदस्यकै अभावमा इन्जिनियरिंग विषयहरुको लिखित परीक्षा भएको ८ महिना हँुदा पनि परीक्षाफल निकालिएको छैन ।

कर्मचारीहरुको विभिन्न पदमा विज्ञापन भएपनि लिखित परीक्षा हुन नसकेको उपप्राध्यापक परीक्षाबाट भरखरै उत्तीर्ण भएको गणितज्ञ जीवन काफ्लेले बताए ।

सरकारबाट आवश्यक पद पूर्ति नहुँदा अधिकांश शिक्षकहरु बढुवा समेत रोकिएको छ भने बढुवा बिनै अवकाश हुन पर्ने अवस्था सिर्जना भएको सेवारत कर्मचारी तथा प्राध्यापक बताउँछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा कुलपति रहेको तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ सहकुलपति सहित सिनेटका दुईजना सदस्य रहने समितिले यस अघि नै सिफारिस गरेको नाम अहिलेसम्म टुंगिएको छैन ।

समितिले तिन जना मध्ये एकजना नियुक्ति गर्नुपर्ने नियम छ । सिफारिस समिति बनेको महिनौं भइसक्ता पनि सदस्य सचिवको नियुक्तिका लागि सिफारिस गर्ने काम भएको छैन ।

त्रिवि प्राध्यापकहरुले समितिमाथि नै आयोग्यताको प्रश्न उठाएका छन् । सदस्य सचिव नहुँदा सेवा आयोगको परीक्षा उत्तीर्ण गरेका, बढुवा हुन बाँकी रहेका सबै गरी हजारौंलाई प्रभाव पारेको प्राध्यापकहरुको गुनासो छ ।

प्राध्यापकहरुले कुलपति तथा सहकुलपति नै यसप्रति जिम्मेवार नबनेको भन्दै प्रधानमन्त्री तथा शिक्षामन्त्रीकै आलोचना गरिरहेका छन् ।

एकजना प्रध्यापकले भने, ‘त्रिवि प्रति कुलपति रहेका प्रधानमन्त्री नै जिम्मेवार छैनन् भने मुलुकको कसरी उन्नति होला ? जिम्मेवार व्यक्ति मूकदर्शक बनेको हो कि राजनीतिक स्वार्थको केन्द्र त्रिविलाई बनाइएको हो बुझ्नै सकिएन !’ उनले सदस्यको अभावमा नियमित विज्ञापन, परीक्षाका तथा अन्तर्वार्ता सबै काम अवरुद्ध भएको बताए ।

समयमा नियुक्ति नगरिदा सेवा आयोग अपांग बनेको उनीहरुको आरोप छ ।

राजनीतिक भागवण्डाको खिचातानीले नियुक्ति प्रभाव पार्न खोजिएको प्राध्यापकहरु बताउँछन् । प्रत्येक वर्ष खुल्नुपर्ने सेवा आयोगको विज्ञापन झन्डै १० वर्षको अन्तरालमा विज्ञापन गर्नु पर्नेमा काम प्रभावित हुन पुगेको छ भने आवश्यक जनशक्ति समेत राख्न नपाएर त्रिविले आंशिक र करारमा जनशक्ति लिन बाध्य बनिरहेको छ ।

राज्यको यस्तो लापरबाहीले कतिपय प्रशिक्षार्थीहरु काम नपाएर विदेसिन बाध्य समेत बनाएको छ ।

 

 

...

सोमबार, २६ भदौ, २०७४

 

प्रतिक्रिया

Related