‘ग्रामीण वित्त संस्था र सहकारीको विकास’ विषयक सार्क राष्ट्र स्तरीय तालिम सञ्चालन

भाद्र २५ देखि ५ दिन सम्म हुने
निर्माण सञ्चार, काठमाडौं | भक्तपुरको बोडेमा ‘ग्रामीण वित्त संस्था र सहकारीको विकास’ विषयक सार्क राष्ट्र स्तरीय तालिम उद्घाटन भएको छ ।

उक्त तालिम कृषि वित्तका लागि अन्तर्राष्ट्रिय तालिम तथा सहयोग केन्द्रका नेपाल च्याप्टर संस्थाहरु नेपाल राष्ट्र बैंक, कृषि विकास बैंक, साना विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक लगायतका नौं संस्थाहरुको संयोजकत्वमा आयोजना गरिएको हो ।

तालिम भाद्र २५ देखि ५ दिन सम्मका लागि कृषि विकास बैंक तालिम केन्द्र, बोडेमा सञ्चालन हुने साना किसान बैंकका प्रमुख व्यवस्थापक झलेन्द्र भट्टराईले निर्माण सञ्चारलाई बताए ।

सो कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै डा. नेपालले वित्तीय पहुँच पुर्याउन लघुवित्त संस्था र सहकारीको सेवा प्रभावकारी हुने भएता पनि सहकारी क्षेत्रमा नियमन व्यवस्था कमजोर रहेकोले प्रविधिको प्रयोग र विकासलाई अत्याधिक जोड दिनु पर्ने बताएका छन् ।

यस कार्यक्रममा सिक्ट्याब इण्डियाका निर्देशक डा. डी रविले सार्क स्तरीय ग्रामीण कृषि वित्त संस्थाहरुको सिकाई र अनुसन्धानलाई दिगो एवं भरपर्दो बनाउन गठित सिक्ट्याब एक आपसी सहयोग केन्द्र भएता पनि यसले सफलता पूर्वक ३३ वर्ष पुरा गरिसकेको बताए ।

साथै एक सक्रिय सदस्य राष्ट्रका रुपमा नेपालले गरेको योगदानको समेत तारिफ गरेको प्रमुख भट्टराईले बताए ।

त्यसैगरी कार्यक्रमको अध्यक्षता कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले गरेका थिए भने किरण कुमार श्रेष्ठले सहभागीहरुलाई स्वागत गरेका थिए ।

...

सोमबार, २६ भदौ, ०७४

प्रतिक्रिया

Related