नभत्कने सडकको खडेरी परेको नेपालमा यी हुन् पूर्वका १० वर्ष नभत्केका नमूना सडक

ड्रेन बनाएर सडक निर्माण, माटो बग्न सक्ने ठाउँमा ‘सपोर्ट’ गर्न झार
निर्माण सञ्चार, काठमाडौं | नेपालमा सडक बनेको महिना दिन नबित्दै भत्कने ट्रेन नै छ ।

कुनै सडक लामो समयसम्म टिकाउ हुन्छ भन्ने सोच आम मानिसबाट हटिसकेको छ ।

त्यस्तै मोरङ र झापाबासी ले पनि नसोचेका हैनन् । तर, मोरङ र झापाको पाडाजुँगी–गौरीगन्ज सडकले भने आमधारणलाई गलत सावित गरिदिएका छन् ।

टिकाउ र मजबुत निर्माणका कारण यी दुई सडक १० वर्षसम्म जस्ताको तस्तै छन् ।

पूर्वका यी सडकले स्थानीय प्रफुल्लित छन् साथै नेपालमा राम्रा र भरपर्दा सडक बन्दैनन् भन्ने मान्यतालाई गलत सावित गरेर नमुना बनेका छन् ।

सुनवर्षि नगरपालिकाका सत्यनारायण साहले भने १० वर्षअघि निर्माण भई हस्तान्तरण भएको सो सडकमा पहिलो पाइला राख्दाको अनुभव रहेको बताए ।

‘अन्य ठाउँका सडक बनाउनासाथै खाल्डो पर्ने, भत्किने , कालेपत्रे उप्किने जस्ता गनासो आएको सुनिन्छ’, शाहले भने,‘तर हाम्रोतिर १० वर्षअघि बनाएको सडक हालसम्म पनि उस्तै छ’ ।

उनले भने राम्रो सडक बनाउँने चाह राखे त टिकाउ सडक बन्ने रहेछ नि ? उक्त सडक बलियो भएरै भत्किएको, बिग्रिएको र खाल्डा परेको छैन ।

साथै एसियाली विकास बैंक (एडीबी)को सहयोगमा रोड नेटवर्क डेभलपमेन्ट प्रोजेक्ट (आरएनडीपी)ले १० वर्षअघि निर्माण गरेको यी सडकको विषयमा उपभोक्ताले गुनासो गरेका छैनन् ।

त्यस्तै विराटनगरलाई हुलाकी मार्ग भएर पुरानो सदरमुकाम रंगेली, आमवाडी हुँदै उर्लाबारी र झापासम्म जोड्ने यो सडकलाई महत्वपूर्ण मानिन्छ।

यता झापाको पाडाजुँगी–गौरीगन्ज सडकका उपभोक्ता राम पौडेलले भने निर्माण पक्षमा ध्यान दिँदा मजबुत बन्ने रहेछ भन्ने उदाहरण सो सडकले पेस गरेको बताए ।

पौडेलकाअनुसार गौरादहमा पछिल्लोपटक निर्माण भएका धेरै भित्री सडक भत्किएर ग्राभेल बनिसके तर पाडाजुंगी–गौरीगन्ज सडक उस्तै छ ।

यस सडकले गौरीगन्जलगायत क्षेत्रलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्छ ।

त्यस्तै एडीबीको सहयोगमा उर्लाबारीबाट बरडंगासम्मको २८ किलोमिटर खण्ड आसपास ड्रेन बनाएर सडक निर्माण भएको छ भने माटो बग्न सक्ने ठाउँमा ‘सपोर्ट’ गर्न झार उमारिएको छ ।

उक्त सडकसहित आरएनडीपी परियोजनाअन्तर्गतका विभिन्न सडक निर्माण गर्न सरकारले एडीबीसँग सन् २००२ मा ४.२ अर्ब रुपियाँ बराबरको ऋण सम्झौता गरेको थियो ।

यता पूर्वाञ्चल सडक डिभिजन कार्यालय विराटनगरका इन्जिनियर नन्दकुमार गुप्ता उर्लाबारी र गौरीगन्ज सडक प्राविधिक रूपमा मजबुत निर्माण भएको बताउँछन् ।

धेरै भार भएका मालवाहक सवारी साधनको चाप नभएकाले पनि सडक टिकेका इन्जिनियर गुप्ताले दावी गरे ।

‘सबबेस, बेसकोर्स र बिटुमिनको प्रयोग उच्चस्तरमा भएकाले पनि सडक दह्रो भएका हुन्,’ उनले भने ,‘प्राविधिक पक्षमा ध्यान दिएकाले पनि यी सडक पूर्वकै टिकाउ सडक बन्न पुगेको छ ।’

...

सोमबार, २६ भदौ, ०७४

प्रतिक्रिया

Related