अब रातमा पनि खुल्ने नारायण–मुग्लिङ सडकखण्ड

मालवाहक ठूला सवारीलाई रातको ८ बजेदेखि १२ बजेसम्म रोक्ने
निर्माण सञ्चार, काठमाडौं |  भोलि (बुधबार) देखि नारायण–मुग्लिङ सडकखण्ड  रातको समयमा पनि खुल्ने भएको छ ।

हाल नजिकिँदो चाडपर्व र मैसम सुधारका कारण सो व्यवस्था गरिएको नारायणघाट–मुग्लिङ सडक आयोजनाले जानकारी दिएको छ ।

जसअनुसार यात्रुवाहक र साना सवारी साधनहरुलाई २४ घण्टै छोडिने भएको हो ।

आयोजनका अनुसार चाडपर्वमा यात्रुवाहक सवारीको चाप बढ्ने भएकाले सवारी व्यवस्थापनलाई चुस्त बनाउन मालवाहक ठूला सवारीलाई भने प्रत्येक दिन रातको ८ बजेदेखि १२ बजेसम्म रोकिने छ ।

नारायणघाटतर्फबाट आउने मालबाहक सवारीलाई भतेरी जंगल इलाकामा, काठमाडौंतर्फबाट आउनेलाई लेवाटार इलाकामा र पोखरातर्फबाट आउनेलाई आँबुखैरेनीमा रोकिने छ ।

हाल नारायण–मुग्लिन सडकखण्डमा बेलुकी ६ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ । 

यसैकारण पूर्वतिर जाने सवारी साधनहरु बीपी राजमार्ग हँदै र पश्चिम जाने सवारी साधनहरु पोखरा–बुटवल हुँदै जाने गरेको छ ।

जसले गर्दा गन्तव्यमा पुग्न लाग्ने समय थपिएको थियो भने सवारी साधनहरुले यस्ता वैकल्पिक सडकमार्गको प्रयोग गरेर यात्रा गर्दा चर्को भाडा समेत असुल्ने गरेको छ । 

...

मंगलबार, २७ भदौ, ०७४  

प्रतिक्रिया

Related