कविता वाचनमा दिपेश प्रथम

निर्माण सञ्चार, काठमाडौं|| विद्यालयस्तरको कविता वाचन प्रतियोगितामा जोरपाटीका दिपेश थापा प्रथम भएका छन् ।

तीन सय विद्यार्थीमाझ भएको प्रतियोगतामा विन्सम इङ्लिस बोर्डिङ स्कुल(वेब्स्) का दिपेशले बाजी मारेका हुन् ।

वेब्स्ले वार्षिक क्यालेन्डर अनुसार कविता वाचन प्रतियोगिता गर्दै आएको छ । उक्त प्रतियोतितामा निरुपन क्षेत्री क्षेत्री द्वितीय र सबिता बोगटी तृतीय भईन् ।

‘दिपेशको कविता वाचन शैली अत्यान्तै शुन्दर छ,’ विद्यालयका प्रिन्सिपल गोविन्दप्रसाद फ्र्याङक लिम्बूले भने, ‘ऊ विद्यालयका प्रायःजसो प्रतियोगितामा प्रथम हुँदै आएको छ ।’ उनले दिपेशको प्रतिभालाई ‘दुर्लभ विद्यार्थी’मा हुने गुणको संज्ञा दिए ।

दिपेश कक्षा दशको इसिसी परिक्षा यसै वर्ष सरिक भइरहेका छन् । प्रिन्सिपल लिम्बूका अनुसार दिपेशको विषयगत पढाई समेत अब्बल दर्जाको छ ।

 

.........

शुक्रबार, ४, चैत, ०७३

प्रतिक्रिया

Related