कोरिया भाषा परीक्षाको फारम खुल्यो, यसरी भर्नुहोस् (भिडियोसहित)

निर्माण सञ्चार, काठमाडौं|| रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षाको फारम दर्ता खुलेको छ । यसवर्ष देखि अनलाइनबाटबाटै भर्न सकिने फारमलाई वैदेशिक रोजगार विभागको ईपीएस शाखा जारी गरेको हो ।

यससंगै परीक्षार्थीलाई रातभर लाइनमा बस्नुपर्ने बाध्यता टरेको छ । जसका लागि इन्टरनेटमा www.eoers.epsnepal.gov.np  लग–इन गर्नुपर्छ ।

यो साइटमा गएर मागिएका कुरा भरेपछि परीक्षार्थीको इमेलमा प्रवेशपत्र आउँछ । यो प्रवेश पत्रलाई रङ्गीन प्रिन्ट गर्नुपर्छ र परीक्षा दिन जाँदा सक्कली एमआरपीसँगै लिएर जानुपर्छ ।

यो फारम भर्नका लागि केही सर्त र प्रक्रिया भने पूरा गर्नुपर्छ । अनलाइन फारम भर्नका लागि ईपीएस शाखाले तोकेको ग्लोबल आईएमई बैङ्कको शाखामा आवेदन शुल्क बुझाउनु पर्छ । बैङ्कले पैसा जम्मा गरेको कोड दिन्छ ।  यो कोड अनलाइन फारम भर्दा आवश्यक पर्छ ।

एमआरपी (मेसिन रिडेबल पासपोर्ट) हुनु अनिवार्य छ । फारम भर्दा एकजना व्यक्तिले एउटै मात्र क्षेत्रमा आवेदन दिनुपर्छ । पछि रोजगारका लागि फारम भर्दा पनि परीक्षा फारममा भरेको क्षेत्रमा भर्नुपर्ने हुन्छ ।

जस्तै– तपाईंले उत्पादनका क्षेत्रमा फारम भर्नुभएको छ भने रोजगारका लागि आवेदन फारम भर्दा उत्पादन क्षेत्रलाई नै उल्लेख गर्नुपर्छ । उत्पादनमूलक क्षेत्रमा फारम भरेकाले तीनवटा उपक्षेत्र छान्न पाउनेछन् । कृषिमा फारम भरेकाले भने दुईवटा उपक्षेत्र छान्नुपर्छ ।

सन् २०१८ मा उत्पादनको क्षेत्र र कृषिमा गरी १० हजार २ सय नेपाली कामदार कोरिया जाँदैछन् । ईपीएस परीक्षा आगामी २०७४ जेठ २७ र २८ गते हुँदैछ । परीक्षा केन्द्र र समय भने जेठ १९ गते सार्वजनिक हुने छ ।

भिडियोमा हेर्नुहोस् फारम भर्ने तरिका

 

.........

बुधबार, ९ चैत, ०७३

प्रतिक्रिया

Related