ग्रिल तथा स्टिलको मेटल फेब्रिकेटर्स तालिम हुने

निर्माण सञ्चार, काठामाडौं|| ग्रिल तथा स्टिल व्यवसाय क्षेत्रमा देखिएको दक्षजनशक्तिको अभावलाई पुर्ति गर्न मेटल फेब्रिकेटर्स तालिम सञ्चालन हुने भएको छ ।

ग्रिल तथा स्टिल व्यवसायी महासंघ लगायत संस्थाको आयोजनामा संचालन हुने तालिमको पहिलो चरणमा ६० जनालाई दक्ष बनाइने भएको हो । तीन महिने उक्त तालिम काठमाडौं र मोरङ जिल्लामा सञ्चालन हुनेछ ।

आयोजक महासंघका अध्यक्ष मोहन कटुवालका अनुसार काठमाडौंमा ४० जना र मोरङमा २० जना प्रशिक्षार्थीलाई अवसर दिइने छ । 

‘महिला, भूकम्प प्रभावित, पिछडा वर्गमा तालिम लक्षित छ,’ अध्यक्ष कटुवालले निर्माण सञ्चारसँग भने, ‘त्यसले ग्रिल क्षेत्रमा देखिएको कामदार अभावलाई न्यूनीकरण गर्ने छ ।'

‘यो क्षेत्रमा १ लाख ५० हजारले रोजगारी पाएका छन्, अझै ५० हजार जनशक्तिकोे अभाव छ,’ उनले भने ।

तालिमका लागि महासंघले आगामी चैत १६ भित्र निवेदन दर्ता गर्न आह्वान गरेको छ । महासंघका अनुसार तालिम चैत २० गते देखि सञ्चालन हुनेछ ।

तालिमका लागि कक्षा ८ पास गरेको तथा १८ वर्ष देखि ४० वर्ष उमेर समुहका प्रशिक्षार्थी सहभागी हुन पाउने प्रावधान राखेको छ । तालिम अवधिभर प्रतिमहिना १० हजार भत्ता समेत उपलब्ध गराइने महासघंले जनायो ।

महासंघले प्रशिक्षार्थीलाई तालिम दिन आह्वान गरेको सूचना

 

...........

बुधबार, ९ चैत, ०७३

प्रतिक्रिया

Related