भारतीय गुगल ब्वाय कौटिल्य नेपालमा

निर्माण सञ्चार, काठमाडौं|| भारतमा गुगल ब्वाइ भनेर चिनिदै आएका कौटिल्य पंडित बिहीबार नेपाल आएका छन् ।

नौ बर्षीय कौटिल्य स्मरणशक्तिका कारण विश्व चर्चित छन् । हाइल्यान्ड इन्टरटेन्टमेन्टको सहयोगमा नेपाल आएका उनले शनिबार राजधानीको सभागृहमा आफ्नो प्रतिभा देखाउने छन् ।

विश्वका अधिकांश विषय ज्ञान भएको उनले अन्तरिक्षका बारेमा पनि धेरै जानकार छन् । बसाईको क्रम उनले नेपालका प्रसिद्ध धार्मिक स्थालको भ्रमण गर्ने छन् । उनी आगामी आइतबार स्वदेश फर्कने छन् ।

 

.........

बिहीबार, १० चैत, ०७३

प्रतिक्रिया

Related