७५ हजार म्यादी प्रहरीमा जागिर खानका लागि यसरी भर्नुहोस् फारम, फारम सहितको जानकारी

निर्माण सञ्चार, काठमाडौं || स्थानीय तहको निर्वाचनले देश तात्दै गर्दा म्यादी प्रहरीमा जागिर खानेहरु पनि फारम भर्न सरकारी अफिस धाइरहेका छन् ।

तर, अनलाइनबाट फारम भर्न नजानेर सदरमुकामसम्म धाउन कठिन भएकाहरुका लागि अनलाइन फारम कसरी भर्ने भन्ने यहाँ दिइएको छ ।

नेपाल प्रहरीले स्थानीय तह निर्वाचनका लागि ७५ हजार जनालाई म्यादी प्रहरीमा भर्ना लिन अनलाइनबाट पनि फारम भर्न सकिने जनाएको छ ।

यसका लागि प्रहरीको मानव श्रोत विभागले विहिबार साँझ सार्वजनिक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो ।

भर्ना फारम कहाँ छ, यहाँ क्लिक गर्नुहोस्

भर्नाबारे विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्

तलब सुविधा र उमेर कति ?

५५ दिनको नियुक्ति पाउने म्यादी प्रहरीले नेपाल प्रहरीका जवानसरह तलबसुविधा बुझ्नेछन् । म्यादी प्रहरीका लागि ५३ वर्ष उमेरहद तोकिएको छ ।

कस्तोले पाउँछन् ?

पूर्वसुरक्षाकर्मी, विदेशी सेनामा काम गरेका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको भर्ना छनोटमा शारीरिक परीक्षा पास गरेका तर लिखितमा छनोट नभएका, सेवानिवृत्त वनरक्षक म्यादी प्रहरी छनोटको प्राथिमकतामा पर्नेछन् ।

निजी कम्पनीका सुरक्षा गार्डलाई पनि प्राथमिकतामा राखिएको छ । छनोट प्रक्रियामा १८ वर्ष पुगेर ५३ वर्ष ननाघेका नेपालीले सहभागी हुन पाउनेछन् ।

नमूना फारम 

 

...

शनिबार, १२ चैत, ०७३

 

प्रतिक्रिया

Related