६० औं सहकारी दिवस सम्पन्न

निर्माण सञ्चार, काठमाडौं|| ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मूल नारा सहित ६० औं सहकारी दिवस मनाइएको छ ।

उक्त अवसरमा आइतबार राजधानीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा ‘काठमाडौं सहकारी दर्पण’ समेत विमोचन भएको थियो ।

पुस्तक विमोचन गर्दै सहकारी विभागका पूर्व रेजिस्ट्रार एवं शान्ति तथा पुनःनिर्माण मन्त्रालयका सहसचिव सुदर्शनप्रसाद ढकालले उत्पादनको क्षेत्रमा सहकारीले लगानी बढाउनुपर्नेमा जोड दिए ।

उनले सहकारी अभियानले दिगो विकासका लक्ष्य प्राप्तिमा आफ्ना कार्यक्रमहरु अगाडि बढाउनुपर्ने बताए ।

कार्यक्रममा सहकारी विभागका उप–रेजिस्ट्रार नारायण अर्यालले सहकारीले गरिबी निवारण गर्ने खालका क्रियाकलाप गर्नुपर्ने बताए । उनले सहकारीलाई प्रोत्साहन र समस्याको समाधान गर्ने खालको ऐन बनाउनु पर्ने बताए ।

यता डिभिजन सहकारी कार्यालयका पूर्व सहकारी अधिकृत केशव थापाले सहकारीले स्वावलम्बन हुन मद्दत पुगेको बताए ।

 

कार्यक्रममा डिभिजन सहकारीले काठमाडौंका सहकारीहरुलाई पुरस्कृत गरेको थियो ।

 

...........

सोमबार, २१ चैत, ०७३

प्रतिक्रिया

Related